यस्तो छ राष्ट्र बैंकको मौद्रीक नीति

cfly{s jif{ @)&@÷&# sf] df}lb|s gLlt ;fj{hlgs ub} g]kfn /fi6« a}+ssf ue{g/ 8f= lr/GhLjL g]kfn . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट विपन्न वर्गमा प्रवाह हुने कर्जाको अनुपातलाई वृद्धि गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले आव २०७२/७३ को मौद्रिक नीति आज सार्वजनिक गर्दै व्यावसायिक कृषिलाई समेत समावेश गर्नेगरी विपन्न वर्गमा जाने कर्जालाई पुनः परिभाषित गरिने जनाएको हो ।

त्यस वर्गमा जाने कर्जा अनुपातलाई ०.५ प्रतिशत विन्दुले वृद्धि गरी वाणिज्य बैंकका लागि कुल कर्जाको पाँच प्रतिशत, विकास बैंकका लागि ४.५ प्रतिशत र वित्त कम्पनीका लागि चार प्रतिशतको कर्जा अनुपात तोकेको हो ।

गत आवदेखि सुरु गरिएको सहुलियतपूर्ण व्याजदरको कृषि कर्जालाई निरन्तरता दिँदै कर्जा प्रवाहको प्रक्रियालाई थप सरलीकृत गरी साना र मध्यम कृषकको पहुँच बढाउने नीति लिने गभर्नर डा चिरञ्जीवी नेपालले बताए ।

उनले व्यावसायिक कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय एवम् भूकम्पबाट प्रभावित क्षेत्रमा आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्न मोटरबाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैैंक तथा वित्तीय संस्थाले बढीमा रु १० लाखसम्मको कर्जा प्रवाह गर्ने धितो स्वीकार्ने व्यवस्था मिलाइने जानकारी दिए

मौद्रिक नीतिले उच्च गरिबी दर रहेका बाजुरा, कालिकोट, बझाङ, हुम्ला, दार्चुला, जुम्ला, डोटी, अछाम, मुगु र बैतडी गरी १० जिल्ला तथा बजेटमा उल्लेख भएबमोजिम गरिबीको गहनता तुलनात्मकरुपमा बढी भएका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका दक्षिणी सीमावर्ती ११४ गाविस र चार वटा नगरपालिकामा कृषि तथा साना व्यवसायमा आधारित आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकबाट एक प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

लघुवित्त संस्थाबाट दुई वर्षदेखि विपन्न वर्ग कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यलाई सामूहिक जमानीमा प्रदान गरिने कर्जाको अधिकतम सीमा रु दुई लाखबाट वृद्धि गरी रु तीन लाख पु¥याइनेछ ।

धितो लिई प्रदान गरिने लघुवित्त कर्जाको अधिकतम सीमा रु पाँच लाखबाट वृद्धि गरी रु सात लाख कायम गरिने नीति लिने गभर्नर डा नेपालले जानकारी दिए । उनले वित्तीय पहुँच एवम् समावेशीकरण अभिवृद्धि गर्ने तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्ने, विस्तार गर्ने चुनौतिको सामना गर्दै जाने दृढता व्यक्त गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु