दुश्मन र मित्र , आँफै भित्र !

सुख सूत्र-(४)

_भीमसेन सापकोटा

“विच जङ्गलमा दोबाटो भेटियो , बाटाह्ररू एक अर्का विच छुट्टिए , मैले बेचल्तिको बाटो रोजें ,सारा फरक त्यसैले पारीदियो” -रबर्ट फ्रस्ट 

अरूले बनाइदिएको बाटोमा हिंड्न त सजिलो हुन्छ तर , त्यो बाटोलाई बनाउनेले जता -जता घुमाएको छ , आफु त्यतै घुम्नु पर्ने हुन्छ । बाटो कि त आँफै बनाउनु पर्ने हुन्छ कि त , अरुले बनाईदिएका उकाली ओराली चाहेर र नचाहेरै पार गर्नै पर्छ । यसो त नयां बाटो बनाएर जोखिम लिने हरू कमै हुन्छन् , त्यसैले भनिन्छ , संसारका ९० प्रतिशत मानिसलाई , १० प्रतिशत बाठाहरूले डोर्याइरहेका हुन्छन्। नयाँं बाटो बनाउनेहरूले शुरुमा समाजको आलोचना सहनु पर्छ, तर बाटो सहि भएमा त्यहि नव गोरेटे कोर्ने हरूलाई ईतिहास र नयां पुस्ताले सम्मान दिन्छ । अरूद्वारा प्रेरित भन्दा , आफ्नै मन र अटल विचार द्वारा उत्साहित ब्यक्तिहरू प्राय समाजमा खुसी देखिन्छन्। आफ्नो खुसी अरूमा खोज्नेहरूको मन अरूको प्रसंशा र आलोचनामा सधैं फुक्ने र खुम्चिने हुन्छ ।
त्यसैले मित्र वा शत्रु वाहिर छैन , आ-आफ्नै मन भित्र छ । आफु आफ्नो कत्तिको मित्र हो त्यसै बाट आफ्नो खुसी को मापन गर्न सकिन्छ ।
आफुलाई दीईने ताली वा गाली बाट सहजै विचलित नहुने मन को अवस्थालाई लाई नै बुद्दले प्रज्ञा को सजग अवस्था वा साक्षि भाव को रुपमा व्याख्या गर्नु भएको छ। अहङ्कार र इच्छाहरूको तृप्ति कहिल्यै हुन्न । तर इच्छाहरूको मृगतृस्णाले मानिसहरूको अनावश्यक दौड चलिरहेको छ । थोरै चर्चा का लागि उसले ठुलो भाग दौड गर्छ , तर त्यो भाग दौडमा चर्चित हुंदा कमाएका साथीहरू मध्ये ९० प्रतिशत इर्स्यालु र बांकि १० प्रतिशत मात्र असल मित्रहरू हुन्छन्। फेस बुकमा ‘फ्रेण्ड रिक्वेस्ट ‘ स्वीकार्ने सबै असल मित्र हुने भए तपाईंले आफ्नो सफलताको ‘स्ट्याटस ‘ लेख्दा सतप्रतिशतको “लाइक” र सकारात्मक प्रतिकृया अाउंथ्यो होला । तपाईंलाई साथी भनेर सम्वोधन गर्नेहरू सबै साथी नै हुनेभए तपाईंंलाई दु:ख पर्दा सहयोगिको धुईरो लाग्नु पर्ने । तपांइंले आफु दु:खि हुनुको कारण गन्नु भयो भने धेरै जसो आ-फ्नै नजिकको मानिसको व्यवहारको कारणले हो भन्ने देख्नु हुन्छ । यहाँँनेर एउटा वैज्ञानीक सत्य के छ भने ‘अपेक्ष्या ” नै दु:ख को सूत्र बनेको छ । तपांले गरेको अपेक्ष्या नजिकको मान्छे बाट पुरा हुन नसक्दा तपाईं बढि दु;खी हुनु पर्छ । खप्तड बाबा धर्म विज्ञानको आफ्नो तेसो पुस्तकमा लेख्नु हुन्छ ” तपांई प्रेम पुर्वक मित्रता गरि अरुसंगको अपेक्ष्या नगरी बांच्ने हो भने “अरूहरू प्रति गरेको उपकार र अरूहरूद्वारा गरिएको आफ्नो उपकार बिर्सिनु पर्छ “।
यो संस्काररुपले नै पनि मनमा रहनु निष्काम भावका निमित्त कलङ्क स्वरुप हुन्छ । प्रेम र सुख वृद्दिका लागि मन वाणी र ब्यवहारमा निस्काम भाव , अहिंसा र निरहङ्करता हुनु बहुतै आवश्यक छ । स्वार्थ र अहङ्कारमा प्रेम र सुख टिक्न सक्दैन । संसारमा वस्तुत त्यहि मानिस धन्य हो, जसले समभाव प्राप्त गरेको छ । जसरी आफ्नो शरीरका सबै अङहरूमा आत्मियता र प्रेमभाव समान हुन्छ , यस्तै सुख दु:खका क्षणमा समान ढङ्गले भावनाको वीकास गर्ने ब्यक्ति नै सन्तोषमा रहन्छ। भागवत गीताको छैठौं अध्यायको २९ श्लोकमा कुंदिएको छ ,” सर्वब्यापि अनन्त चेतनामा एकीभावले स्थितिरुप योगद्वारा युक्त आत्मावाला तथा सबमा समभावद्वारा हेर्ने योगी आत्मालाई सम्पूर्ण भुतहरूमा र भुउतहरूलाई आत्मामा देख्छ । ” अपेक्ष्याको त्याग , समभावको अभ्यास , वस्तु सङ्ग्रहमा सन्तुलन र आँफैं प्रति विश्वस्तहरूनै सुखका स्रस्टा हुन्।
“मुखको गरिमा , मिठो बोलिमा “। कठिन पेरिस्थितीमा पनि विचलित नभई सकारात्मक बोली बोल्न अभ्यास गर्नेहरू शान्ति र सुखका स्रोत बन्न सकिन्छ ।
संस्कृत सुभाषितमा भनिएको छ , मानिसको आभुषण शील वा म्रिदु वाक्य हो जसले सुख निम्त्याउंछ ।

“न मुक्ताभि र्न माणिक्यैः न वस्त्रै र्न परिच्छदैः ।
अलङ्कियेत शीलेन केवलेन हि मानवः ॥”

अरूलाई नदुखाईकन विमति राख्न सकिने केही सकारात्मक भनाइहरू:

• तपाईंलाई धेरै पर्खिंए , तर भेट्ने सौभाग्यशाली बन्न सकिन ।
• तिम्रो हातै स्वादिलो , नुन-चर्को र पिरो बढि हुंदा पनि खाना स्वादिलो छ ।
• तपांंइंलेको गालीले मन दु:खेको होइन , तपाईंले राखेको माग पुरा गर्न नसक्ने म कस्तो भनेर सोचेको ।
• तपाईंलाई बारम्वार फोन गर्दा पनि , तपाईंको आवाज सुन्ने भाग्य मानि बन्न सकिन ।
• मैले पैसा फिर्ता नपाए केही छैन , तर तपांँईं उधारो तिर्न नसकेर दु:खि बनेको देख्न सक्तिन ।
• रीसमा तिम्रो दोष छैन , तिमी भित्रको दिमागी रसायनको असन्तुलन भए पछी के लाग्छ , छिट्टै सन्तुलित हुन्छ ।
• फेल भयौं केही छैन, फेल जीवनको अन्त्य होइन, सफलता खोज्ने नयां बाटो को शुरुवात हो ।
• तपाईं ढिला हुनुभयो , केही छैन, नायकहरू अन्त्यमैं आउंछन्, तर अर्को पटक भूमिका बदल्नु होला ।
• तपाईं होचो र सानु हुनुहुन्छ , चिन्ता नगर्नुस बहुमुल्य वस्तु सानो प्याकेट मै आउंछ ।
• निन्दा गरे , केही छैन , तपाईं अस्तित्वमा हुनुहुन्छ , पूर्ण प्रसम्शा त चितामा मात्र हुन्छ ।
• दु:ख भयो ,संकटमा हुनुहुन्छ यो पनि टरेर जानेछ ।
• कपडा त्यति मिलेन छ , धुन भ्याउनु भएन , केही छैन , खाम भन्दा चिठि महत्वपूर्ण हुन्छ ।
• लेख मन परेन, तर पनि म खुशी छु , तपाईंहरू प्रसंशाको कन्जुस हुनुहुन्न्।

सन्त कवीरको भनाईमा तिमी सुखि हुनको लागि, यति काम वस्तुले निर्वाह गर कि जसले गर्दा अरूको निर्वाह सरलताले हुन सकोस् । अधिक भोग विलास इच्छाले अरूको अधिकारमा आघात पर्दछ। यदि हर ब्यक्तिले कम खर्चले निर्वाह गर्न थालेमा स्रोत र साधन माथिको लुछाचुंडि समाप्त हुन्छ । धेरै वस्तु सङ्रह गर्दा धेरै , धन राशि खर्छ हुन्छ , धेरै धन राशी खर्च गर्न, धेरै पसिना बगाउनु पर्छ , जब मानिस धेरै पसिना बगाउंछ भने उसको धेरै समय वस्तु सङ्ग्रहका लागि चाहिने अर्थ आर्जनमा ब्यतित हुन्छ , तव उसले आफुले आँफैलाई चिन्ने , मानिस भित्र रहेको अन्यन्य शक्ति , दिव्य क्षमताको खोज र आत्मिक सुख र सम्यक जीवनका लागि समय जुटाउनै नसकी जीवन थोत्रो बनाउंछ । आँफैलाई विश्वास गर्दै आफुभित्रको सुख निकाल्न उसलाई समयनै हुंदैन र लगनशिलता अपाङ्ग बन्छ । लगनशिलताको 1173605_401115003322565_769956516_n-245x300प्रस्ङ्मा निरन्तर अभ्यास विना हामी भित्र लुकेको अनन्त आनन्द र महा पुरुषत्वको उत्पत्तीहुनै सक्दैन।

यसका उदाह्रण माहत्मा गान्धी हुन्। गान्धी जिन्दगीभर खासै बौद्धिक वा कलात्मक क्षेत्रमा मरिमेटेर लागेन्। नलागे पनि गान्धि उद्धेश्यसहित निरन्तर कृयाशील रहे र यसैको परिणामस्वरूप उनिभित्र एक महापुरुष र महासन्त गुण को जन्म भयो । यस्तै बुद्दत्व को प्रकट गर्न पनि सिद्दार्थले निरन्तर प्रयास चालेका थिए । एकाइसौं शताब्दीमा पनि उनी संसारका दश अत्याधिक मन पराइएका युग नेताहरूमा पर्छन् भने गुगलमा सर्वाधिक सर्च गरिने जिजस, कार्लमाकर्स पछि महत्मा गान्धिको नाउँ आउँछ । एरिष्टोटललाई पनि सम्झौं -उनी भन्थे ” महानता र आत्मिक सुख अरू केही हैन, लगनशीलताको परिणति हो । यिनैसँग मेल खाने अर्का युग–पुरुष हुन् अलवर्ट आइन्स्टाइन । उनको जीवनीका अनुसार – उनी सानो छँदा मन्दबुद्धिका थिए । उनलाई सवैले हेप्ने गरेकाले एक दिन उनले एक शिक्षकसँग महान हुने सूत्र सोधे र शिक्षकले बताए –”निरन्तर अभ्यास “। यही सुत्र अपनाएर एक लेठेब्रो बालक महान वैज्ञानिक बने । सकारात्मक बानि र आत्म विश्वासको को निरन्तर अभ्यास नै दु:ख मुक्तिको कारण रहेको प्रसङ्ग भागवत गीताको छैंठौ अध्यायको ३५ औ श्लोकमा उल्लेख छ “अभ्यासेन तु कौन्तेय वैराग्येण च गृहयते ” । एक पटक सुनिएको , पढिएको ज्ञान , त्यो ज्ञान हुन सक्दैन , त्यो त केवल जानकारी र शब्द ज्ञान मात्र हुन्छ। तत्व ज्ञान र आत्मिक सुख त केवल निरन्तर अभ्यास र साधनामा नीहित छ । यसैले त मनभित्रको वास्तविक सुख छिचोल्न विभिन्न ध्यान- योग विधि , शाकाहार जीवन र निरन्तर साधनाका उपायहरू निर्माण गरिएका छ्न्। कुनै एक सत्य साधनामा आत्म विश्वासका साथ र निरन्तर लाग्नु नै वास्तविक सुख को समीप पुग्नु हो , ( यो लेखलाई नेपाली पत्र अस्ट्रेलियाले प्रकाशित गरेको छ ) More at http://bhimsensap.blogspot.com.au

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु