सुझाव राख्न नपाएको भन्दै कैदीको गुनासो

prisoner_230913साउन  ६ । चितवन,संविधानको मस्यौदामाथि देशभर सुझाव सङ्कलन भइरहँदा आफूहरुले सुझाव दिन नपाएको भन्दै जिल्ला कारागार भरतपुरका कैदीबन्दीले दुखेसो पोखेका छन् ।

आफ्ना मागपत्र तयार गरेर बसेका कैदीबन्दीले दुई दिनसम्म जिल्लाका १० ठाउँमा सुझाव सङ्कलन गरिएको भए पनि आफूहरुकोमा कुनै पनि सभासद् नआउँदा दुःख लागेको जनाएका छन् ।

बन्दी घनश्याम पौडेलले आफूहरुले देशमा नयाँ संविधान बन्ने हुँदा पुराना कानुनअनुसार कैदीबन्दी जीवन बिताइरहेकालाई आममाफी दिने व्यवस्था संविधानमा हुनुपर्ने माग रहेको बताए।

कारागारका चौकीदार राजेन्द्र चौधरीले कैदीबन्दीले संविधानमा समावेश गर्नका लागि तयार पारेको मागपत्रमा कैदीबन्दीका परिवारलाई राहत प्याकेज हुनुपर्ने, कारागार सुधार हुनुपर्ने, महँगीअनुसार सिदा रकम बढ्नु पर्ने, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी हुनुपर्ने, खुला कारागार बन्नुपर्ने, मानवअधिकारको सुनिश्चितता हुनुपर्ने, जस्तोसुकै मुद्दा भए पनि जमानतमा बाहिर रहेर लड्न पाउनु पर्नेलगायतका माग रहेको बताए।

कैदीबन्दीले सभासद्हरुलाई आफ्ना सुझाव लिइदिन खबर पठाएको भए पनि कोही पनि नआएपछि चिन्तित बनेको कारागारका रामबाबु श्रेष्ठले बताए । चितवन जिल्लामा सुझाव सङ्कलनका लागि १३ जना सभासद् जिल्ला आएका छन् । जिल्ला कारागार भरतपुरमा ५७१ जना कैदीबन्दी रहेका छन् जसमध्ये ४९ जना महिला रहेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु