क्यानवेरामा नेपाली” बोक्सि”

असनेपालन्युज प्रतिनिधि। क्यानवेरा । अस्ट्रेलियाको राजधानी क्यानवेरामा ‘वोक्सि’ नामको चलचित्र प्रदर्शन गरिने भएको छ । नेपालको भुकम्प पीडित को सहयोगार्थ यो चलचित्रको प्रदर्शनी हुन लागेको हो । प्रदर्शनका लागि संचारकर्मि प्रदिप तिमल्सिनाले यसको विषेश पहल गरेका छन्। १४ अगस्ट , ६:३० बजे आर्क सिनेमा क्यानवेरा सो चलचित्र प्रदर्शन हुन लागेको र क्यान्वेराका विभिन्न नेपाली संस्था हरूको सहयोग र समन्वय रहेको तिमल्सिना असनेपालन्युजलाई बताउंछन्।

नेशनल फिल्म एन्ड साउण्ड आर्काइभ मा यसरी नेपाली चलचित्र प्रदर्शन हुन लागेको सम्भवत यो नै पहिलो पटक भएको तिमल्सिना बताउंछन्। वालमनोविज्ञान , नेपालको परम्परा , जीवन शैली झल्किने सो चलचित्रलाई नाटककार वाल कृष्ण सम ले लेखेका हुन् भने गोपाल चन्द्र लामिछाने ले त्यसलाई निर्देशान् गरेका हुन्। शक्ति बल्लभ घोरासैनि को निर्माण मा तयार भएको सो चलचित्र अस्ट्रेलियन नेपाली फ्रेन्डशिप सोसाईटी , नेपाली समुदाय क्यानवेरा , र क्वीन वेयान रिजनले पीडितको लागी सहयोग गर्न प्रदर्शन हुन लागेको सो चलचित्र हेर्न सबैलाई अनुरोध गरेका छन्। बोक्सि छ या छैन !, यसले समाजमा कस्तो विश्वास जमाएको छ आदि बिषय वस्तु चलचित्रको रोचक पक्ष हुन्।  ग्रामीण क्षेत्रमा स्कुल निर्माण का लागि आर्थिक सहयोग उठाउन लागिएको यो अभियान ला सघाउन आर्क सिनेमा ब्यवस्थापनले उल्लेखनिय सहयोग पुर्याएको आयोजकहरू बताउंछन् । थप जानकारीका लागि संचारकर्मी तिमल्सिना ,पुनम पन्त , र विक्रम सुवेदिलाई संपर्क गर्न सकिने बताईएको छ ।

वोक्सि चलचित्रको झलक यस्तो रहेको छ

The Boksi (The Witch) Show in Canberaa
11752201_855359564556413_1563984052_o

Pradip Tmilsina ,Ausnepalnews, Canberra.’On 25 April, a magnitude 7.8 earthquake struck central Nepal, killing over 8500 people so far, and injuring thousands more. At this difficult testing time, we are trying to raise the much needed fund to help recover those people lives who have nothing but fears for their present and future. This event will contribute to the Australian Nepal Friendship Society’s aim to assist the major projects of rebuilding the many schools in Nepal that were destroyed in the April Earth quake.’
Australia-Nepal Friendship Society.

Bal Krishna Sama is known “Natya Siromani”. He was known to be “Shakespeare” of the era in Nepal. One of his famous work “BOKSI” converted to a movie is being screened in Canberra. 100% profit from this movie will be used to rebuild a School in rural Nepal. Please come support the project while having a night out with your family and friends. Movie has English subtitles.

Date: Friday 14th August
Time: 6.30pm
Venue: Arch Cinema, National Sound and Film Archive, Canberra

Comments

comments

सम्बन्धित शिर्षकहरु