सभासद्‌ कर्णलाई निवासमै कालो मोसो दलियो

ranjit-karnaअसार २९ । काठमाडौँ, नेपाल विद्यार्थी संघका अध्‍यक्ष एवं  सभासद् रञ्जित कर्णमाथि दुर्व्‍यवहार भएको बताइएको छ । हाडी गाउँस्थित उनकै निवासमा कर्णमाथि दुर्व्‍यवहार भएको हो । नेवि संघको नेता कुन्दन काफ्ले नेतृत्‍व समूहले आफूमाथि दुर्व्‍यवहार र कालो मोसो दलेको कर्णले बताए।

उनले कालो मोसो र दुर्व्‍यवहार गर्नेविरुद्ध महानगरीय प्रहरी प्रभाग रानीपोखरीमा किटानी जाहेरी दिएका छन्।

यता, तरुण दलका नेता कुन्दन काफ्ले भने आफूलाई बदनाम गर्ने नियतले कर्णले आफूमाथि आरोप लगाएको बताएका छन्। कर्ण र काफ्लेबीच लामो समयदेखि विवाद देखिदै आएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु