अस्पतालमा सर्पदंशका बिरामी बढे

असार २९ । पर्सा,  बढ्दो गर्मीका कारण यहाँका अस्पतालमा सर्पदंशका बिरामीको चाप बढेको छ ।

वीरगन्जको नारायणी अस्पताललगायतका क्षेत्रमा सर्पदंशका बिरामीको चाप बढेको हो । अहिले दैनिक ३० जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी जयमोद ठाकुरले जानकारी दिए ।

उनले पर्सासहित यस आसपासका सर्वसाधारण उपचारका लागि आउने गरेको बताए । नारायणीसहित अन्य निजी तथा सामुदायिक संस्थामा पनि बिरामीको चाप बढेको छ ।

विशेषगरी वर्षायामको समयमा जमिनको सतहमा सर्प आउने भएका कारण पनि सर्पदंशका बिरामी बढ्ने गरेको पाइएको हो ।

अस्पतालमा दैनिक बिरामीको चाप बढेपछि औषधिको समेत अभाव भएको चिकित्सकले बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु