निर्वाचनले मलाई धेरै कुरा सिकायोः दिक्पालदेव पंगेनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआरएनए अष्ट्रेलियाको आइसीसी सदस्यमा उम्मेदवार भएर जीवनको पहिलो निर्वाचनमा भाग लिने मौका पाएको थिएँ । तर, नतिजा सन्तोषप्रद हुन सकेन । निर्वाचन परिणाम सँगे जित्नेले सामाजिकताका लागि मार्ग प्रशस्त गर्ने र हार्नेले बाहिर बसेर कसरी सामाजिक कार्यहरूलाई निरन्तरता दिन्छन् भन्ने कुरा  प्रधान हुन आउँछ । त्यस कारण एनआरएन अभियानहरू या अन्य सामाजिक कार्यहरूमा मेरो संलग्नता दुरूस्त रहने छ । चुनावी दौरानमा मलाई साथ र सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद दिन चाहन्छु । समस्त शुभचिन्तक अग्रज तथा मलाई विश्वास गरी भोट दिनुहुने सवैलाई सादर नमन पनि छ ।

चुनाव जित्नेमा उत्साह र हार्नेमा निराशा देखिनु स्वभाविकै हो । तर, म परिणाम स्वीकार गर्दछु । वास्तवमा मेरो मिसन थियो नेपाली पत्रकारितालाई अन्तर्राष्ट्रिय तहसम्म विस्तार गर्ने । त्यसमा मेरो निरन्तरता अद्यावदी छ । आइसीइसीलाई अघि बढाउन मेरो प्रयास पनि अविछिन्न रहनेछ । हारले केही सकारात्मक उपलव्धिहरू पनि दिएका छन् । मैले धेरै नेपाली समूदायकाबीचमा घुलमिल हुने अवसर पाएको छु ।  म पश्चिम अष्ट्रेलियामा बस्ने मानिस सिड्नीमा आएर धेरै उम्मेदवारहरू तथा नेपाली समूदायसँग चिनजान र परिचय आदन–प्रदान गर्ने मौका पाएँ । यसर्थ धेरै धन्यवादका पात्र हुनुहुन्छ । अन्त्यमा म जित्नेहरू सबैलाई हार्दिक बधाई दिन चाहन्छु । बर्तमान कार्यसमतिलाई मेरो सहयोग निरन्तर जारी रहनेछ ।

फेसबुक मा पङ्गेनी को प्रतिकृया:

“जीवन को पहिलो निर्वाचन को नतिजा सुखद नरहे पनि समग्र अनुभव भने उत्साहप्रद नै रह्यो । हार र जित निर्वाचनको प्राबिधिक पक्ष मात्रा हो मुल कुरो बिजेताले कसरी सामाजिक एकताको लागि मार्ग प्रसस्त गर्छन् र पराजय भोग्ने ले कसरी आफ्ना सकारात्मक सामाजिक अभियानहरुलाई नेत्रित्व बाहिर बसेर निरन्तरता दिन सक्छन भन्ने नै हो । एन आर एन अभियान या अन्य सामाजिक अभियानमा मेरो संलग्नता दुरुस्त रहनेछ । चुनाबि दौरानमा मलाई साथ र सद्भाव राख्नु हुने समस्त अग्रज तथा शुभ चिन्तकहरु एबम मलाई विश्वाश गरी भोट दिनु हुने समस्त प्रिय आफन्तहरुमा मेरो सादर नमन ।

यसपालीको निर्वाचनमा मेरा केही मित्र एबम शुभचिन्तकहरु नेत्रित्व तहमा पुग्न सफल हुनु भएकोमा हार्दिक बधाई दिन चाहन्छु ।”

-अस्ट्रेलियाको पर्थ निवासी दिक्पाल देव पङ्गेनि पत्रकारीता र नेपाली समुदायको सेवामा सकृय हुनुहुन्छ ।

87 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु