संविधानको मस्यौदा यथास्थितिवादीः मोर्चा

MAOIST-FLAGअसार २१। काठमाडौँ,  नेकपा–माओवादी नेतृत्वको तेत्तीस दलीय मोर्चाले संविधानको मस्यौदा यथास्थितिवादी र पश्चगामी भएको प्रतिक्रिया दिएको छ ।

माओवादी कार्यालय बुद्धनगरमा आज बसेको मोर्चाको बैठकले संविधानको मस्यौदा सम्बन्धमा संसदीय पार्टीद्वारा सञ्चालित जनमत सङ्कलनको पनि विरोध र भण्डाफोर गर्ने निर्णय गरेको मोर्चाका तर्फबाट माओवादी अध्यक्ष मोहन वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै भूकम्प प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण, पुनर्वासको व्यवस्थामा भइरहेको धाँधली, पक्षपात, कालोबजारी र अनियमितताको अन्त्य र अखाद्य वस्तुको वितरणमा रोक लगाउनेलगायत विषयलाई लिएर प्रभावित जिल्लामा मोर्चाको अनुगमन समिति बनाई अनुगमन गर्ने निर्णय गरिएको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु