एनआरएनए अष्ट्रेलियामा सुरेन्द्र सिग्देल निर्वाचित

अष्ट्रेलिया, एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा सुरेन्द्र सिग्देल निर्वाचित भएका छन् । उनले भरत पोखरेललाई पराजित गरेका हुन् । सचिवमा तोनु गोथाने, सहसचिवमा भिष्मराज भण्डारी, कोषाध्यक्षमा डिला खरेल विजयी भएका छन् । राती १ः १० बजे मत परिणाम सार्वजनिक भएको  हो ।

surendra

सार्वजनिक परिणाम अनुसार युवा संयोजकमा विजय शर्मा चापागाईं निर्वाचित भएका छन् । यस्तै इन्टरनेशनल कोअर्डिनेशन कमिटी आइसीसी मेम्बरमा केशव सापकोटा, ईश्वर कुईंकेल, प्रकाश जिसी, बालचन्द्र भट्टराई र डा. राजु अधिकारी निर्वाचित भएका छन् ।

यसैगरी एनएसडब्लु च्याप्टरको संयोजकमा दिनेश पोखरेल, डेपुटी कोअर्डिनेटर प्रकाश खरेल र सचिवमा भूपाल सिटौला निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यमध्ये अधिकांश सिग्देल पक्ष नै विजयी भएका छन् ।

35 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु