भारइरल बन्यो गर्लफ्रेन्डकी आमालाई चिठ्ठी!

एजेन्सी, चीनमा पेन्टरको काम गर्दै आएका एक युवकले प्रेमिकाकी आमालाई पठाएको चिठ्ठीले चिनियाँ सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

२० वर्षीय सियो याङ नामका ती युवकले प्रेमिकाकी आमालाई आफ्नो प्रेम र विवाहबारे चिन्ता व्यक्त गर्दै पठाएको चिठ्ठी चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको हो ।

औपचारिक शिक्षा नलिएका पेशाले पेन्टर याङकी प्रेमिका चेन चेन भने विश्वविद्यालयमा पढिरहेकी छिन् । सोही कारण प्रेमिकाकी आमा विवाहको लागि राजी नभएपछि यी पेन्टर युवाले चिठ्ठी लेखेका हुन् ।

चिठ्ठीको सम्पादित अशं यस्तो छः

प्यारी अन्टी,
म र तपार्इंकी छोरी ड्रागन महोत्सबमा भेट भएका थियौँ । म तपार्इंकी छोरीलाई धेरै माया गर्छु र उनीसँग विवाह गर्न चाहन्छु । तपार्इंले हाम्रो विवाह चाहनुहुन्न कि भन्ने आशंका उत्पन्न भएको छ । सोही कारण पनि यो चिठ्ठी लेख्दैछु ।

म पेशाले पेन्टर हुँ । तपाईं भन्नुहोला पेन्टर पेशा निकै फोहोरी काम हो । तर, मलाई यो काममा निकै लगाब छ । म चाहन्छु तपाईं हाम्रो विवाहलाई अस्विकार गर्नु हुनेछैन । म यो पनि भन्नु चाहन्छु, भविष्यमा घर किन्न तपार्इंसँग पैसाको कुरा गर्नेछैन । यो चिठ्ठीमार्फत म तपार्इ‌की छोरीसँग विवाहको स्विकृती चाहन्छु ।

letter to gf mom
याङले सो पत्र चीनको सामाजिक सञ्जालमा पोष्ट गरेपछि भाइरल भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु