तेज विनायक उ.मा.वि भित्र पसेर हतियार प्रहार गर्ने तीन युवक पक्राउ

असार १८ । काठमाडौं,काठमाडौंको गोठाटारस्थित तेज विनायक उच्च मावि भित्र पसेर तीन जना युवाले हात हतियार चलाउदा एक छात्राको दायाँ हातमा गम्भिर चोट लागेको छ ।

कक्षाकोठामा प्रवेश गरेर अन्धाधुन्ध चक्कु र रड हानेका छन् । एक सामुदायिक विद्यालयमा तीन जना युवाले कक्षाकोठामा प्रवेश गरेर अन्धाधुन्ध चक्कु र रड हानेका थिए । चक्कु प्रहारबाट कक्षा ८ मा अध्ययनरत

घटना बिहीबार बिहानै भएको भएपनि शुक्रबार मात्र सार्वजनिक भएको हो ।

आपसी विवादपछि तीन जना किशोर समूह स्कुलमा प्रवेश गरेका थिए । गोठाटार प्रहरीका अनुसार विवादपछि एक युवक तरकारी पलसबाट चक्कु टिपेर स्कुलमा प्रवेश गरेका हुन् ।
विहानी कक्षा सञ्चालन भइरहेको समयमा ढोकामा लात्तीले हान्दै एक विद्यार्थी कक्षमा प्रवेश गरेका थिए । कक्षाकोठामा प्रवेश गरेर फलामे रड र चक्कुले तर्साउन थालेपछि विद्यार्थीहरु भागेका थिए । त्यही क्रममा १५ वर्षकी हेमा कटुवालको हातमा चोट लागेको छ ।

घटनामा संलग्न गोठाटारका नविन दाहाल, अभिनाश दाहाल र सुलभ पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारबारहीका भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ । स्कुलमा झगडा गरेपछि निस्कासन भएका नविन लगायतका समूहले यस अघि पनि पटक पटक स्कुलमा गएर अराजक गतिविधि गर्ने गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु