पर्थका उम्वेद्वारहरू विच समति बन्न नसक्नुमा कुरा यस्तो छ : भैरव ढकाल

भैरव ढकाल, पर्थ, आइसीसी सदस्य ।एनआरएनए अष्ट्रेलियाको निर्वाचनले पहिले भन्दा निकै चर्चा बटुल्न सफल भएको छ । पर्थमा वेग्लै उत्साह देखिन्छ ।पर्थमा यस पटक निर्वाचन बाटै प्रतिनिधि पठाउनु पर्ने अवस्था आयो । विगत लामो समय देखि सहमति बाटै हामीले पदाधिकारी छायान गर्थौ तर यसपाली युवा जमातको उत्सुकता बढ्यो , सबैको चासो का बाबजुत जसरी पनि सहमतीमा जानै नसकिने अवस्था भयो । आखिर पर्थवासि अव एन आर एन को उम्वेद्वार निर्वाचन बाटै छान्दै छन्।

नयाँ पिँढीहरू जिम्मेवारी ग्रहण गर्न आतुर पनि देखिन्छन् । उनीहरूको उत्साहले हामीलाई पनि हौसला प्रदान गरेको छ । तथापी चुनाव हुने भएपछि केही साथीहरूमा निराशा पनि देखिएको छ । पर्थमा यस अघिको निर्वाचनमा हामीले सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएका थियौँ । तर, यसपटक आकांक्षीहरू धेरै भएका कारण त्यो सम्भवन हुन सकेको छैन । जो विजयी भएपनि एनआरएनमा गएर समाजसेवा गर्ने नै हो । त्यसकारण यसलाई त्यति ठूलो विषय बनाउन जरूरी पनि छैन । बिजय मात्रै अन्तिम कडी होइन । हार्नेले जित्नेलाई सघाउने र जित्नेले हार्नेलाई पनि समेटेर अघि बढ्ने हो भने मात्र उद्देश्यहरु पुरा गर्न सकिन्छ । अर्को, मतदाताहरूले पनि व्यक्तिको योग्यता र क्षमता हेरेर मात्र मत दिनु होला ।

एन आर एन मा राजनीति र प्यानेलिङ हुनु हुन्न । एक अर्कालाई गाली गर्ने चुनावमा उत्रिनेको जमात धेरै धेरै देखें । त्यस्ता उम्वेद्वारले एन आर एन लाई कसरी हाँक्न सक्लान र ! तसर्थ त्यस्ता ब्यक्तिलाई मत दिंदा सावधान हुनुहोला । समुह भन्दा पनि राम्रा ब्यक्ति चुनिएर जाउन , यसमा सबै सजग रहनु हुन मेरो अनुरोध छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु