अब नेपाली पुस्तक छानि -छानि अनलाइनमा

असनेपालन्युज। सिड्नि। नयाँ पुस्तक किन र पुरानो कोट लगाउ भन्ने थोरो को उक्ति पुरानो भईसक्यो । अब नयां कोट लगाएर नयां पुस्तक पढ्न नयां पुस्ता सक्षम छ । केवल पुस्तक पढ्ने नयां सोच मात्र जरुरि छ , यहि जरूरी पुरा गर्न एक पुस्तक अनलाईन जन्मिएको छ , सिड्नी बाट । पुस्तक प्रति रुचि जगाउने यस अनलाइन मा पाठकको इच्छा अनुसार सुलभ तवरले पुस्तक हरू उपलब्ध हुने पुस्तक प्रेमिहरूको भनाइ छ ।

साथ नेपाली पुस्तकहरुको अनलाइन स्टोर bynepalibook.com संचालनमा आएको छ । हालै सिड्नीमा एन आर एन संरक्षक इन्द्रा वन र डा नारायण प्रधानले संयुक्त रुपमा यो अनलाइनको सार्वजनिक गरेका थिए । अनलाइनका संचालक मध्येका एक ऋषि आचार्यका अनुसार सिड्नी र काठमाण्डौमा सम्पर्क कार्यालय रहेको यो अनलाइनले नेपाली भाषामा छापिएका पुस्तकहरुलको विश्वब्यापि रुपमा विक्रिवितरण गर्नेछ । आचार्यले भने, “नेपालमा कुनै पुस्तक बिमोचन भएकै दिन अनलाइन मार्फत विश्वभरी रहेका नेपाली पाठकहरुलाई पुस्तक उपलब्ध गाउने लक्ष्य रहेको छ ।” बाइ नेपाली बुक अनलाइन स्टोरमा अहिले ५० वटा भन्दा बढी पुस्तकहरु उपलब्ध छन् । अजी आइटी ग्रुपले यो अनलाइन तयार गरेको हो । संचालक आचार्य सिड्निउका सकृय संचारकर्मि समेत हुन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु