माइती नेपाल ले समेत पायो एन आर एन को सहयोग

अस्ट्रेलिया वासिको सहयोग माइती नेपाललाई हस्तान्तरण माईती नेपालका अध्यक्ष अनुधारा कोईरालालाई हस्तान्तरण गर्नुभएको छ ।
भिक्टोरियास्थित नेपाली कम्युनिटी सेन्टरले संकलन गरेको ६ लाख ३२ हजार २ सय ५५ मा एमआईटीको तर्फबाट रकम थप गरी जम्मा १० लाख रुपैयाँ मामाईतीईति नेपालका अध्यक्ष अनुधारा कोईरालालाई हस्तान्तरण गर्नुभएको हो । एन अार एन प्रवक्ता मन के सि द्वारी जारी विज्ञप्ति अनुसार अध्यक्ष घलेले समाजसेवाद्वारा विश्व चर्चित तथा सिएनएन हिरोको उपाधि समेत हात पर्न सफल व्यक्तित्वलाई केहि सहयोग गर्न पांउंदा आफू निकै हर्षित हुनुका साथै अनुराधा कोईरालाका काम र सफलताबाट निकै प्रभावित भएको र उहांको तुलनामा आफूले गरेका कामहरु नगन्य भएको
औंलाउनु भयो । अध्यक्ष घलेले माईति नेपालका अध्यक्षको तुलनामा आफूले १० प्रतिशत मात्र काम गरेको र अरु नव्वे प्रतिशत काम गर्न बा“की रहेको वताउनु भयो । उहा“ले ससाना नानीहरुलाई संवोधन गर्दै उच्च मनोवल, नैतिकता, मेहनत र शिक्षा प्रतिको लगावले जीवनमा सफलता हासिल गर्न सकिने वताउ“दै, आफूले हाशिल गरेको सफलता भन्दा पनि बढी सफलता प्राप्त गर्न शुभकामना र आशिर्वाद दिनुभयो । जीवनामा जतिपनि सफलता हासिल गरेपनि आफ्नो मात्रिभूमि प्रतिको कर्तव्य र मानवतालाई कहिले पनि भुल्न नहुने प्रति बालबालिकाहरुलाई सचेत गराउनु भयो । माईति नेपालका अध्यक्ष अनुराधा कोईरालाले सहयोगमा सहभागी हुने नेपाली कम्यूनिटि सेन्टरका सहयोगी हातहरु तथा एमआईटी फाउण्डेशनलाई हृदय देखिनै धन्यवाद दिन चाहान्छु भन्दै प्राप्त रकम भूकम्पबाट पीडित भई बेचबिखनमा पर्न सक्ने खतरामा रहेका बालबालिका सहयोगार्थ तथा यस कार्यलाई रोकथाम गर्न यो रकमको उपयोग गर्ने वताउनु भयो । विज्ञप्तिका अनुसार उहांले माईति नेपालका वालवालिकाहरु पनि राहत कार्यमा संलग्न भएका र भकम्प पीडितहरुका घरदैलोमै पुगि क्षति तथा पीडाको प्रत्यक्ष उनुभूति गरी राहत समेत वितरण गरेको जानकारी दिनु भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु