चीनको अनुदान सवैभन्दा बढी

Chinese Minister for Foreign Affairs Addresses ICNRअसार १० । काठमाडौँ, दाता सम्मेलनमा सबैभन्दा बढी अनुदान सहयोग चीनले गरेको छ । चिनियाँ विदेश मन्त्री वाङ यीले ३ सय बिलियन युआन (४ सय ८३ मिलियन अमेरिकी डलर) अर्थात ४८ अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान सहयोगको घोषणा गरेका हुन् ।

चीनको यसअघिको प्रतिवद्धता समेत जोड्दा नेपालको पुनर्निर्माणका लागि आर्थिक सहायता १ खर्ब १२ अर्ब रुपैयाँ पुग्छ । भारतले सवै भन्दा बढी १ खर्ब सहायता घोषणा गरेको भएता पनि उसको सहयोगको एक चौथाइ अर्थात २५ अर्ब मात्रै अनुदान हो । उसले बाँकी ऋण सहायता उपलव्ध गराउने बताएको छ ।  चीनले ४८ अर्ब अनुदान दिएर सहयोग गर्ने देशमा आफूलाई पहिलो नम्बरमा पारेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु