विश्वकै ठूलो जहाजको रहस्य

150609104658_plane_1असार, ९ काठमाडौँ, एयर बस इ–३८० हालसम्मकै सबैभन्दा ठुलो यात्री विमान हो । एक दशकदेखि नियमित हवाई सेवामा भएता पनि मानिसहरुलाई यो विमानप्रति  विशेष अभिरुची छ । कुनै एयरपोर्टको रनवेमा अडिएको यो विमान देखेपछि मानिसहरु उत्सुकतापूर्वक प्रश्न गर्छन्– यत्रो ठुलो विमान हावामा कसरी उड्छ ? यसमा यतिधेरै मानिस कसरी उडान भर्छन्….’

त्यसो भए कस्तो छ त एयर बस ए–३८० को भित्रि  संसार जुन यात्रिहरुबाट संधै छिपेको हुन्छ । यो विमानमा ४६९ यात्रि एकसाथ यात्रा गर्न सक्छन् । एयर बसका अनुसार यदि सबै सिट इकोनोमी क्लासको भएमा यो विमानमा ८५३ जना यात्रा गर्न सक्छन् ।

मनिसको माग अनुसार यो विमानमा हरेक किसिमका सुविधा र मनोरञ्जन उपलब्ध छ ।

विश्वमा कुल १६० वटा एयर बस ए–३८० बनेको छ  र व्रिटिस एयरवेजका निम्ती अहिले पनि केही विमान बनिरहेका छन् । बीबीसी फ्युचर टीमलाई यो विमानको ति भाग अवलोकनका निम्ती आमन्त्रित गरिएको थियो जुन सर्वसाधारणले कहिल्यै देख्न पाउँदैनन् ।

ए–३८० यति ठुलो विमान छ कि यसका निम्ती लन्दनको हिथ्रो विमानस्थलको ह्याङ्गर नै नयाँ तरिकाले निर्माण गर्नुपरेको थियो । व्रिटिस एयरवेजका एयरक्राफ्ट इन्जिनियर डेरेक केन्सवेलले भने,‘ दुवै ह्याङ्गरको उचाई बढाउन १८ महिनाको समय खर्चिएको थियो ।’

ए–३८० को इन्जिनमा लगाइएको कभर यती ठुलो हुन्छ कि तिनलाई हातले खोल्न सकिंदैन, इलेक्ट्रिक पावरको आवश्यकता पर्छ ।

विमान भित्रिरुपमा दुई तलामा छुट्टिएको हुन्छ । केन्सवेल भन्छन्,‘ तल्लो तलामा एकदमै फरक संसार हुन्छ । १२ वटा बङ्कर हुन्छ जहाँ लामो यात्राको दौरानमा विमानका कर्मचारीहरु आराम गर्न सक्छन् । पाइलटहरुको पनि आफ्नै बेड हुन्छ । ’

ए–३८० जस्तो आधुनिक हवाई जहाजका निम्ती ठुलो सङ्ख्यामा इलेक्ट्रोनिक्स र कम्प्यूटर सिस्टमको आवश्यकता पर्दछ । आरामदायी उडान सुनिश्चित गर्ने काम कम्प्यूटरबाट हुन्छ ।

ए–३८० विमानको सबै सिस्टमलाई मिलाएर केबल र उपकरणहरुको जुन नेटवर्क तयार हुन्छ, त्यसको रेखदेखको काम टेक्निसिएनले नभइ कम्प्यूटर इन्जिनियरले गर्छन् ।

कम्प्यूटर इन्जिनिएरले राडारदेखि एयर कन्डिनिसिङ तथा फ्लाइट नियन्त्रणसम्म रेखदेख गर्छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु