एनआरएन अष्ट्रेलियाका अध्यक्षका प्रत्यासी सुरेन्द्र सिग्देलको यस्तो अपिल

surendra-sigdelअसार ८ । अष्ट्रेलिया, आगामि जुलाई ४ का दिन एनआरएन अष्ट्रेलियाको निर्वाचन हुँदैछ । निकै महत्वका साथ हेरिएको यस निर्वाचनमा सुरेन्द्र सिग्देल र भरत पोखरेल प्यालन नै बनाएर मैदानमा उत्रिएका छन् । यस अघि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ऋषी कँडेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अग्रजहरूको भावनालाई सम्मान गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

दह्रो प्रत्यासीका रूपमा हेरिएका सिग्देलले निर्वाचनका उम्मेदवारहरूले निर्वाचन आचार संहिताको उलंघन गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । असनेपाल न्यूज डटकमसँगको कुराकानीमा उनले चुनावका उम्मेदवारहरूले निर्वाचन आचार संहिताको ख्याल गर्नुपर्ने बताए ।

‘निर्वाचनमा उठेका उमेद्वारहरूले मतदाताहरूलाई अनुचित ढंगबाट प्रभावित पार्ने उद्देश्यले आफ्नो पदको दुरूपयोग हुने गरी सार्बजनिक सभा सम्मेलनमा प्रस्तुत नहुँदै राम्रो होला उनले भने ‘आफू मात्र योग्य अरू अयोग्य, मेहनत नगर्ने आसयका सन्देश तुरून्त बन्द गरौँ ।’

उनले यो स्वयमसेवी छान्ने निर्वाचन भएको बताउँदै चुनावपछि पनि सवैबीच भाइचारा कायमै राख्नु पर्ने बताए । ‘सदभाव भत्काउने, आत्मरतिमा रमाउँदै आफ्नो बखान गर्न बन्द गरौँ । भद्र ढंगको चुनावि प्रचार गरौँ । एकताबद्द एनआरएनको लागि पहलकदमि अघि बढाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेलौँ’ उनको भनाई छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु