पाकिस्तानमा ‘लू’ बाट मृत्यु हुनेको संख्या एक सय २२

pakistan-heatwaveअसार ७ । एजेन्सी,पाकिस्तानमा उच्च गर्मीपछि चलेको लूले चौविस घण्टाभित्र १ सय बाइस जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीका अनुसार मृत्यु हुने अधिकांश काराँचीका रहेका छन् । कराँचीको अधिकतम तापक्रम ४५ डिग्री सेल्सियस रहेको छ ।  कराँचीमा यतिखेर चर्को लोडसेडिङ छ । गर्मीसँगै बिजुलीको माग ह्वात्तै बढेकाले विद्युत् आपूर्तिमा समस्या परेको सरकारी अधिकारीले जनाएका छन् ।

कराँचीस्थित जिन्न अस्पतालको आकस्मिक विभाग प्रमुख डा. सिमी जमालीले मृत्यु हुनेमा बढी वृद्धवृद्धा रहेको बताइन् ।
उनले अस्पताल आउने बिरामीमा पानीको मात्रा कम भइ चक्कर लाग्ने लक्षण देखिएको पनि बताइन् ।

स्वास्थ्य सचिव सईद मांगनेजोले अत्यधिक गर्मीका कारण कराँची शहरमा मात्र ११४ जनाको मृत्यु भएको पुष्टि गरे । मृतक अन्य आठ जना भने सिन्ध प्रान्तका तीन जिल्लाका रहेको उनले बताए ।

पाकिस्तानको मौसम कार्यालयका अनुसार भोलिबाट मौसम केही चिसो हुनेछ । कराँचीमा १९७९ मा ४७ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो जुन अहिले सम्मकै धेरै हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु