अस्ट्रेलियनहरूलाई डोर्याउंदैछन् नेपाली ,योग मार्गको आनन्दमा

कमल खनाल , असनेपालन्युज , सिड्नी ।
गोरा हुन् वा काला , नेपाली हुन् वा गैर नेपाली, केटा-केटी हुन् वा बुढा-बुढी ,सबैको एकनासे हांसो । कहिले एकै साथ आंखा बन्द कहिले, एकैसाथ ध्यान धारणा । यस्तै उत्सव र रोमान्चकारीता मा योगमय बन्यो अस्ट्रेलियामा अन्तर्रास्ट्रिय योग दिवस। ईतिहास रच्दै नेपालीसमुदायको अगुवाईमा आयोजना गरिएको ‘योग दिवस ‘मा नेपाली ,स्थानीय अस्ट्रेलियन,फिजियन , भारतीय , बङ्गाली , ईरानी मुलका नागरिकहरूले एकैसाथ योग , ध्यान र अध्यात्मिक गतिविधिमा सहभागी बनेका थिए आईतवार ।IMG_0678
संयुक्त राष्ट्र संघले आव्हान गरे मुताविक जुन २१ तारिख अाइतवारका दिन यसरी बहु सामुदायिक योग दिवस भव्य yoga d रुपमा ६६ प्रिन्सेस स्ट्रिट , एशबुरि मा मनाइएको हो ।yoga c yoga day ayoga e yoga f

विभिन्न समुदायका विच योग आसन , ध्यान , तनाव नियन्त्रण लगायतका गतिविधि मार्फत नेपाली समुदायद्वारा आयोजना गरिएको योग दिवसले सबै समुदायलाई एकाकार गरेको भिक्टोरिया विश्वविध्यालयका प्रमुख तथा कार्यक्रम प्रवर्धक रुपेश सिन्वन्ति असनेपालन्युजलाई बताउनुहुन्छ । उंहा आचार्य राजन शर्मा द्वारा सन्चालित विभिन्न योग ध्यान शिविरको नियमित विध्यार्थी भएको बतांउंदै योग को वैज्ञानिक पक्षले आफ्नो जीवनमा समेत परिवर्तन आएको र यसलाई विश्व – विध्यालयको पाठ्यक्रम सग समेत जोड्ने बताउनु भयो । नेपाली समुदयका योग प्रशिक्षक आचार्य राजन शर्मा द्वारा सन्चालन र प्रवर्द्दन गरिएको यस दिवसमा योगका विभिन्न पक्ष र ब्यस्त जीवनमा पनि कसरी तनाव बाट मुक्ति लीई , अनन्त सु:ख प्राप्त हुन्छ भन्ने विषयमा प्रयोगात्मक अभ्यास गरिएको थियो । उहां द्वारा प्रशीक्षित विभिन्न देशका योग अभ्यासकर्ता , जीज्ञासु , समुदायका प्रतिनिधि, क्यान्टुबुरि काउन्सिलका काउन्सलर लगायत विभिन्न ब्यक्ति तथा उमेर समुह विच गराएको सो योग -ध्यान शिविरमा प्राकृतिक खानाका स्टल , संगीत , भजन , वाल योग , विभिन्न रोग सम्वन्धि उपचारक योग , हास्य योग , कुन्डलिनी योग , सामुहिक विपश्यना ध्यान समेतको अभ्यास तथा प्रदर्शन गरिएको थियो ।

गैर आवसिय नेपाली संघ एन आर एन का कोषाध्यक्ष चुरा मरी वेलवासेले बढ्दो तनावमय जीवनमा योगले अचुकलाभ दिने भएकाले नै विगत २ वर्ष देखि आफुहरू नेपाली समुदाय सन्चालित विच योग अभ्यासका गतिविधिमा सहभागी हुँदै आएको बताउनु भयो । पुर्वीय योग विज्ञान लाई पश्चिमले स्विकार गरेको यो दिनलाई सम्झन यो कार्यक्रमको आयोजना गरिएको उहांले असनेपाल न्युज लाई बताउनु भयो । क्यान्टुबुरि काउन्सिलका काउन्सलर लिन्डा एिस्लर , साई केन्द्र अस्ट्रेलियाका अध्यक्ष डा नभेल , कृष्ण नैर , नेपाली अभिभावक समुहका अध्यक्ष शम्भु श्रेष्ठ , समुदायका प्रतिनिधि भीम नेपाल , गैर आवसिय नेपाली संघ एन आर एन का कोषाध्यक्ष चुरा मरी वेलवासे , योग तथा अध्यात्म प्रचारक विदुर सापकोटा लगायतले आधुनिक जीवनमा योगको महत्व , ब्यवहारिक पक्षका वारेमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा विभिन्न वाल गतिविधि समेत प्रदर्शन गरिएको थियो । सिड्निका विभिन्न स्थान बोन्डाइ विच र प्यारामाटामा समेत योग दिवस यस्तै शान्तिको प्रचार र योगाभ्यास मार्फत मनाएको छ ।
शान्ति तथा आत्म ज्योति विज्ञान ‘को शुभारम्भ
समुदायमा एकता , योग ध्यान , र सरल जीवन विस्तार गर्दै आत्मवोध को दिशा तर्फ सबैलाई उत्प्रेरित गर्न एक नविन समुदाय को शुभारम्भ गरिएको छ । अध्यात्मिक जीवनलाई आफ्नो जीवनको एक हिस्सा बनाउंदै आउनेहरूको यो समुहलाई आचार्य राजIMG_0677न शर्मा ले संयोजक तथा संरक्षण को भूमिका निर्वहाँ गर्ने सो समुदायका कार्यकारी पदाधिकारी विदुर सापकोटा बताउनु हुन्छ । सो संस्थालाई अध्यक्ष नभेल , तथा काउन्स्लर लिण्डा समुदायका प्रतिनिधिहरूले संयुक्त रुपमा योग दिवसको दिन पारेर शुभारम्भ गर्नु भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु