सर्वोच्चको फैसला संविधान लेखनमा बाधा: एमाओवादी

असार ६ ।काठमाडौँ,एकीकृत नेकपा माओवादीले सर्वोच्चले दिएको फैसलाले अन्योलता थपेको र यसले संविधान लेखनमा समेत बाधा खडा गरेको ठहर गरेको छ ।सर्वोच्च अदालतको आदेशपछि संविधान लेखनमा देखिएको अन्योलतालाई हटाउनका लागि प्रमुख राजनीतिक दलसँगको छलफललाई पार्टीले निरन्तरता दिने एमाओवादीले जनाएको छ ।एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय पदाधिकारीको बैठकमा संविधान लेखनमा देखिन सक्ने अन्योलतालाई हटाउनका लागि अन्तरदलीय संवादलाई जारी राख्ने निर्णय भएको हो ।

सर्वोच्चले राजनीतिक विषयमा बोलेको र त्यसले संविधान लेखनको कामलाई अवरोध उत्पन्न गर्न सक्नेतर्फ सचेत रहन जोड दिइएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।प्रमुख चार राजनीतिक दलका तर्फबाट फैसला सच्याउनका लागि सर्वोच्चमा आवेदन गर्ने तयारी भइरहेका बेला एमाओवादीले पनि यस विषयमा छलफल गरेको बुझिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु