विश्व खाद्यको गोदाममा ५ सय १४ मेट्रिक टन अखाद्य दाल फेला

WFP-Dalअसार ६ । नेपालगन्ज,संसदीय टोलीले अनुगमन गर्ने क्रममा बाँकेको खजुरामा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)को गोदाममा ५ सय १४ मेट्रिक टन अखाद्य दाल भेटिएको छ । संसदीय टोलीले आइतबार बिहानै अनुगमन गर्दा भण्डारण गरेर राखिएको अवस्थामा खेसरीको दाल कुहिएको अवस्थामा फेला पारेको हो ।टर्कीबाट खरिद गरेर भारतीय ठेकेदार मार्फत् नेपाल ल्याइएको थियो ।भेटिएको दाल किरा परेको, कुहिएको स्पस्ट देखिएको थियो ।

नेपालमा विपत परेका बेला विभिन्न क्षेत्रमा वितरण गर्न भन्दै डब्लुएफपीले खजुराको कपास विकास समितिको गोदाममा दाल भण्डारण गरेर राखेको थियो ।संसदीय टोलीको अनुगमनपछि डब्लुएफपीको कार्यालयले दाल खान योग्य नभएकाले जहाँबाट खरिद गरिएको हो, त्यतै फर्काउने बताएको सभासद दलबहादुर सुनारले जानकारी दिनु भयो । केन्द्रबाट खटिएको संसदीय अनुगमन टोलीमा सुनारसहित, सञ्जय गौतम र श्रीप्रसाद जबेगु लगायत सहभागि हुनु भएको थियो । यसअघि पनि विश्व खाद्य कार्यक्रमको चामल कुहिएको भेटिएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु