जमैकालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश

footballfinal12असार ६ । काठमाडौँ, अर्जेन्टिना र पाराग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

आइतबार बिहान सम्पन्न खेलमा जमैकालाई १-० गोलअन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको हो ।

खेलमा अर्जेन्टिनालाई विजयी गराउन गोन्जालो हिगुवानले ११ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

यही समुहको अर्को खेलमा उरुग्वेसँग १-१ गोलको बराबरी खेल्दै पाराग्वे पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको २९ औं मिनेटमा होजे जिमिनेजको गोलमार्फत उरुग्वेले अग्रता लिएको थियो ।

तर ४५ औं मिनेटमा पाराग्वेका लुकास बारियोसले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

समुह बी मा सबै तीन चरणका खेलहरु सकिँदा ७ अंक जोडेको अर्जेन्टिना शीर्ष स्थानमा रह्यो भने ५ अंकका साथ पाराग्वे पनि क्वाटरफाइनलमा प्रवेश गर्‍यो ।

यसैगरी ४ अंकको साथ तेस्रो स्थानमा रहेको उरुग्वेले क्वाटरफाइनल प्रवेशको लागि प्ले अफ खेल्न पाउने भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु