संसदीय टोलीद्वारा अखाद्य सामग्री वितरण बारेमा अनुगमन सुरु

असार ५ ।काठमाडौ, संसदीय अनुगमन टोलीले विश्व खाद्य कार्यक्रम(डब्लुएफपी)को अखाद्य सामग्री वितरण भएको विषयमा अनुुगमन सुरू गरेको छ ।डब्लुएफपीले गोरखालगायतका जिल्लामा अखाद्य सामग्री कुहिएको चामल भूकम्प पीडितलाई बाँडेको भन्ने खबर प्राप्त्त भएपछि संसद्ले अनुगमन टोली त्यसतर्फ पठाएको हो । भूकम्प पछिको उद्धार, राहत तथा पुनःनिर्माणका विषयमा अनुगमन गर्न गठित राष्ट्रिय विपत व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले उपसमिति नैं गठन गरेर त्यसतर्फ पठाएको हो ।

टोली आज जिल्लातर्फ लागेको छ । खाद्य सामग्री र गोदाममा रहेको खाद्य सामग्री अनुगमनका लागि गोरखा र नेपालगञ्जमा पनि छुट्टा छुट्टै टोली परिचालित गरिएको हो । गोरखाका जिल्लामा वितरित खाद्य सामग्रीको अनुगमन गर्न सांसद्हरु उषा गुरुङ, भानुभक्त ढकाल र दलजित विके सिर्पाइली स्थलगत अनुगमनका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु