जथाभावी सहयोग नमाग- एमाले

असार ४ images_20130830092058। काठमाडौँ,  एमालेले राज्यले प्राथमिकता निर्धारण गरेका क्षेत्रमा मात्र अन्तराष्ट्रिय सहयोग माग्नुपर्ने प्रस्ताव गरेको छ । असार १० मा हुन लागेको दातृ सम्मेलनमा जथाभावी सहयोग माग्न नहुने उल्लेख गरेको हो । भुकम्मपपीडितहरुको लागि संचालित स्वयसेवक परिचालन अभियानका गतिविधिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेताहरुले यस्तो प्रस्ताव गरेका हुन् ।

‘सम्मेलनमा नेपालको प्रस्तुति सबैथोक सकिएको, कमजोर र याचकका रूपमा होइन, सङटबाट उठ्न कठोर प्रयत्न गरिरहेको, पुनर्निर्माणको आत्मविश्वास र स्पष्ट कार्ययोजना भएको मुलुकका रूपमा हुनुपर्छ’ पार्टीका तर्फबाट महासचिव इश्वर पोखरेलले जारी गरेको वक्तव्यमा छ‘ यस अभियानमा राज्यले प्राथमिकता निर्धारण गरेका क्षेत्रमा अन्तर्राष्ट्रिय मित्रहरूको सहयोग खोजिनुपर्छ ।’ अन्तर्राष्ट्रिय दातृ सम्मेलनलाई परिणाममुखी र सफल बनाउन व्यवस्थित तयारी गर्न पनि सरकारलाई एमालेले सुझाव दिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु