तिम्ल्याहा डाक्टर दाजुभाइको यस्तो लक्ष्य

devkota1असार ३ । काठमाडौँ ,भर्खरै एमवीवीएस पास आउट गरेको तिम्ल्याहा दाजुभाइले कर्णाली अञ्चलमा गएर विरामीको सेवा गर्ने ईच्छा जाहेर गरेका छन्। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले आफूहरु कमाउन भन्दा पनि सेवा गर्ने भावनाले यस क्षेत्रमा आएकाले चिकित्सकको अभाव देखिएको कर्णाली क्षेत्रमा गएर विरामीको सेवा गर्ने बताएका हुन् ।

चितवनको भरतपुर नगरपालिका ८ पारसनगरमा २०४८ सालमा ८ मिनेटको अन्तरालमा जन्मिएका डा. सौगात देवाकोटा, डा.सौजन देवकोटा र डा.सौरज देवाकोटाले आफूहरुले चिकित्सा विज्ञान पढेको लगानी एमबिबिएस गरेसँगै उठेकाले अब विरामीको सेवा गर्ने बताएका हुन् । नेपालमै बसेर सेवा गर्ने बताएका उनीहरुले विदेश जान सोच पनि नरहेको स्पष्ट पारे ।

बाबु शिव प्रसाद देवाकोटा र आमा शाकुन्तला देवकोटा सहित उपस्थित पत्रकार सम्मेलनमा उनीहरुले बाबुआमाको चाहाना पनि स्वदेशमै बसेर सेवा गरोस् भन्ने रहेको र हामीहरुको पनि सोही सोच रहेको बताए । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले चिकित्सकको अभावकले रक्तश्रावका कारण ज्यान गुमाउन लागेकी महिलालाई जाजरकोटबाट हेलिकप्टरमा उद्धार गरी काठमाडौं ल्याएको घट्नाले आफूहरुलाई चिकित्सा क्षेत्रमा आउने प्रेरणा प्राप्त भएको उनीहरुको भनाइ छ ।

विरामीको उपचारसँगै उनीहरुलाई राम्रो व्यवहार गर्नुपर्ने सिद्धान्त लिएका डा. देवकोटा दाजुभाइहरु विद्यार्थी जीवन देखि नै अध्ययनमा अब्बल रहेका उनीहरुका बुवा शिव देवाकोटाले जानकारी दिए । उनका अनुसार विद्यालय जीवनमा उनीहरु क्रमशः प्रथम, द्वितिय र तृतीय श्रेणी उतीर्ण हुने गर्थे । प्रवेशी परीक्षामा पनि विशिष्ट श्रेणीमा उतीर्ण भएका उनीहरु आइएस्सीमा पनि प्रथम श्रेणीमा नै उतीर्ण भएका थिए । एकै चोटी एमवीवीएसमा भर्ना भएका तिम्ल्याहा देवकोटा दाजुभाइले यसै वर्ष एकैचोटी एमवीवीएस पनि उतीर्ण गरेका हुन् ।

पत्रकारहरुको प्रश्न उनीहरुले आफूहरुले कुनै बेला एउटै केटी मन पराएको भएपनि अहिले भने यस्तो अवस्था नरहेका बताए । ‘किशोर अवस्थामा हामीहरुसँग केटीहरु झुक्किन्थे’, एक भाइले भने, ‘अहिले बिरामी र सिनियर चिकित्सक नै झुकिन्छन् ।’ एमवीवीएस सकेर अहिले इन्र्टसिप गरिरहेका उनीहरुले बिरामीहरु झुक्किने गरेका बताएका हुन् । कसैको दबाब र रहरले नभएर हामीहरुको एकै सोच र इच्छाका कारण यसक्षेत्रमा आएको उनीहरुको भनाइ छ ।

पत्रकार सम्मेलनमा उनीहरुका बुबा शिवप्रसादले छोराहरुलाई विदेश पठाउने सोच नभएको बताए । ‘नेपालमै बसेर देशको सेवा गरून् भन्ने मेरो चाहाना हो’, उनले भने, छोराहरुको पनि यही सोच रहेको छ ।’ एकै पटक जन्मेर एकै पटकमा विद्यालय जीवनसँगै एमबिबिएस सकेका उनीहरुले विश्वमा नौलो र नयाँ रेकर्ड राखेको भन्दै शिव प्रसादले यसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा छोराहरुको नाम लेखाउने विचार रहेको बताए ।

यस्तै पत्रका सम्मेलनमा उनीहरुका आमा शकुन्तलाले करिब ८ मिनेटको अन्तरमा जन्मिएका तिम्ल्याहा छोरा हुर्काउँदाको दुःख उनीहरुमा उब्जिएको सेवाको भावनासँगै बिर्सिएको बताइन् । ‘छोराहरुले राम्रोसँग पढे, अहिले एमबिबिएस उतीर्ण पनि गरे’, उनले भनिन्, ‘देश सेवाको कुरा गर्दा गौरव लागेको छ, यसैले सबै दुःख बिर्साएको छ । ’

Comments

comments

सम्बन्धित शिर्षकहरु