बेलायतमा मुस्लिम बालबालिकालाई व्रत बस्न निषेध

kidstudentअसार ३ ।  लण्डन, बेलायतमा प्राथमिक स्कुल ट्रस्टले आफूअन्तर्गतका चारवटा विद्यालयमा मुस्लिम बालबालिकालाई व्रत बस्न रोक लगाएको छ।

उनीहरूलाई रमदान महिनामा व्रत (रोजा) बस्न रोक लगाइएको हो। ट्रस्टले यसबाट बालबालिकाको स्वास्थ्यमा प्रभाव पार्ने बताउँदै रोजामा रोक लगाउनु परेको जानकारी दिएको छ।

पूर्वी लन्डनस्थित लायन एकेडेमी ट्रस्टका ब्रार्कले प्राइमरी स्कुलले मुस्लिम अभिभावकलाई पत्र पठाएरै यस्तो जानकारी दिएको छ। ससाना बालबालिकालाई खाना र पानीबाट टाढा राखिएमा उनीहरूको स्वास्थ्य प्रभावित हुने स्कुलको दाबी छ।

यो वर्ष रमदान बुधबार सुरु भएको छ। अहिलेको समय गर्मीको समय भएको र स्कुलमा बालबालिकालाई व्यस्त हुने थुप्रै कार्यक्रम आयोजना गरिएका छन्। यस अवधिमा विद्यालयमा खेल र अरू कार्यक्रमका साथै प्रतियोगिता राखिएका छन्।

ब्रार्कले प्राथमिक विद्यालयका साथै उक्त ट्रस्टबाट सञ्चालित अरू तीनवटा विद्यालयका विद्यार्थीलाई रोजा बस्न रोकिएको उनीहरूले जानकारी दिएका छन्। ती विद्यालयहरू साइबर्न प्राइमरी स्कुल, थोमस ग्याम्वेल प्राइमरी स्कुल र बु्रक हाउस प्राइमरी स्कुल हुन्।

ट्रस्टको यस्तो कदमको मुस्लिम समुदायले आलोचना गरेका छन्। मुस्लिम एसोसिएसन अफ ब्रिटेनले ससाना बालबालिकालाई रोजा राख्न नहुने थुप्रै नियम इस्लाम धर्मभित्रै भएको बताउँदै यसको निर्णय आमाबाबुले लिने बताएको छ। –
एजेन्सीको सहयोगमा

Comments

comments

सम्बन्धित शिर्षकहरु