बुधबार बिहानै तीन भूकम्प, काठमाडौँ लगत्तै सिन्धुपाल्चोकमा दुई धक्का

जेठ २ । काठमाडौँ, काठमाडौँमा बिहानै मानिसहरुलाई ब्युँझाउने गरी भूकम्प गएको १६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहान ५ बजेर ५८ मिनेटमा काठमाडौँ केन्द्रविन्दु बनाएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

यस्तै बुधबार बिहान ६ बजेर १४ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । सिन्धुपाल्चोक नै केन्द्रविन्दु बनाएर बुधबार नै बिहान ६ बजेर २६ मिनेटमा ४ रेक्टरस्केलको भूकम्प गएको छ ।

हेरौँ नेपालमा गएका पछिल्लो २० भूकम्प

earthquake

Comments

comments

सम्बन्धित शिर्षकहरु