ताप्लेजुङको पहिरोमा परी ३६ जनाको मृत्‍यु

जेठ २८ । ताप्लेजुङ, ताप्लेजुङको दक्षिणी क्षेत्रका ५ गाविसमा बाढी र पहिरोबाट ३६ जनाको मृत्यु भएको छ ।

प्रहरीले भने १५ जनाको शव प्राप्त भएको र अरु १२-१५ जना वेपत्ता भएको जनाएपनि स्थानीय बासिन्दाले भने ३६ जनाको मृत्‍यु भएको दावी गरेका छन । बाढी-पहिरोका कारण लिङतेप, खोक्लिङ, लिवाङ र थिङलावु गाविस सबैभन्दा बढी प्रभावित छन् । सुरक्षाकर्मी घटनास्थलमा पुग्न भने सकेका छैनन् ।
नेपाली सेना, सशस्त्र र जनपद प्रहरी टोली पनि आ-आफ्नो तरिकाले प्रभावित क्षेत्रमा पुगेर उद्धार कार्य गरिरहेका छन छन । घटनास्थल सदरमुकामबाट ८-९ घण्टाको पैदल दुरीमा पर्दछ भने बाढी पहिरो प्रभावित गाउँसम्म पुग्ने बाटो पहिरोले पुरिएका छन् । बाटो अबरुद्ध भएको र साना-ठूला खोलामा बाढी आएकाले उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भैरहेको छ ।
प्रभावित क्षेत्रमा उद्धार टोली गए पनि हेलिकोप्टर पठाउन नसकिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ्ले जनाएको छ ।

निरौलाको अनुपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईको अध्यक्षतामा विहीबार विहान जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेको थियो । बैठकले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत पुर्‍याउने कामलाई तिव्रता दिने निर्णय गरेको छ ।

ताप्लेजुङका विभिन्न गाउँमा गएको पहिरोमा परी ज्यान गुमाएका मध्ये ३६ जनाको शव फेला परेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु