विश्व बैंकद्वारा छयहत्तर करोड सहयोग

 जेठ २६। काठमाडौँ, विश्व बैंक सडक सुरक्षा सहयोग परियोजन कार्यान्वयनका लागि रु ७६ करोड ३८ लाख अनुदान सहयोग गर्न सहमत भएको छ ।

अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी र विश्व बैंकका देशीय निर्देशक ताकुया कामाताले उक्त सम्भौतामा हस्ताक्षर गर्नुभएको हो । यातायातसँग सम्बन्धित ऐन तथा नियम तयार गर्ने लक्ष्य लिइएको उक्त परियोजनाको नेपाल सडक सुरक्षा परिषद् तथा सचिवालयबाट सञ्चालन हुनेछ ।

उक्त परियोेजनाको कार्यान्वयन भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले कार्यान्वनमा ल्याउने छ । परियोजना कार्यान्वयनपछि मध्यमाञ्चल तथा पश्चिमाञ्चलका ७० हजार मिटर सडक छेउमा बार बनाइने छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु