“मुलुक अघि बढ्यो”

जेठ २५। काठमाडौँ, संविधान निर्माणका सन्दर्भमा आज भएको १६ बुँदे सहमतिका बारेमा प्रमुख दलका शीर्ष नेताले अब संविधान बन्ने तथा मुलुक राजनीतिक रुपमा अघि बढ्ने बताउनुभएको छ ।

एकै ठाउँमा उभिएर औपचारिक प्रतिक्रिया नदिए पनि बैठकस्थल प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिने क्रममा पत्रकारले घेरेपछि सङ्क्षिप्त जवाफ दिने क्रममा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले संविधान बनाउनका लागि सबै दलले आआफ्ना ठाउँबाट लचकता देखाएको बताउँदै आफ्नो दलले प्रदेशको सङ्ख्यासम्बन्धी अडान छाडेर सहमति गरेको बताउनुभयो ।

एमालेले सकेसम्म कम र बढीमा छ प्रदेशका अडान लिँदै आएको थियो । उहाँले आउँदो असारभित्रमा राष्ट्रिय सहमतिको सरकार गठन हुने जिकिर पनि गर्नुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरहादुर देउवाले सहमतिले राजनीतिक रुपमा मुलुक अघि बढेको र संविधान बन्ने बढ्ने स्थिति भएको बताउनुभयो । राष्ट्रिय सहमतिको सरकार कहिले बन्छ, काँग्रेसको महाधिवेशन अघि कि पछि भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “त्यो त म भन्न सक्दिन, तर राष्ट्रिय सहमतिको सरकार बन्छ ।”

एकीकृत नेकपा९माओवादी०का नेता नारायणकाजी श्रेष्ठले गतिरोध फुकाउने काम भएको र सहमतिले संविधान आउने सुनिश्चित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सिङ्गो देशलाई संविधान दिन चाहन्छौँ, दिन गइरहेका छौँ भन्ने सन्देश प्रवाह भएको छ ।”

साँझ ५ बजेदेखि सहमतिको समाचार सङ्कलनका लागि बालुवाटारमा पुगेका स्वदेशी र विदेशी पत्रकार राति ११ बजे सो निवासको प्राङ्गणमा नेताका सङ्ख्याअनुसारका कुर्सी मिलाउँदै गर्दा उत्साहका साथ झुम्मिएका थिए । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदार एकैसाथ पत्रकार सम्मेलनमा उपस्थित हुने अपेक्षा गरिएको थियो ।

तीन प्रमुख दलका प्रमुख सचेतकले मात्रै पत्रकार सम्मेलन प्रारम्भ हुँदै गर्दा शीर्ष नेता क्रमशः बालुवाटारबार बाहिरिन थालेपछि पत्रकारले उहाँहरुको प्रतिक्रिया लिने प्रयास गरेका थिए । आफ्ना प्रयासका बीच केही नेताले सङ्क्षिप्त प्रतिक्रिया दिए पनि सबै नेताका प्रतिक्रिया पत्रकारले पाउन सकेका थिएनन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु