विपत्तिमा परेका जनतामाथि राजनीतिकरण नहोसःअध्यक्ष रोकाय

जेठ २३ । काठमाडौ, बौदिक मंचका अध्यक्ष डा.केबि रोकायले भूकप्पले प्रभावित बनेका नेपाली जनताको सहयोगका लागि तत्पर रहेका अन्तराष्ट्रिय समुदायसँग समन्वय गरेर सरकारले काम गर्नु पर्ने बताउनु भएको छ । राजधानीको बागबजार स्थित होटल हार्दिकमा बौदिक मंचद्वारा सुक्रबार आयोजित “भूकम्पले ल्याएको विपत्ति र सरकारको भूमिका बिषयक अन्तक्रियात्मक कार्यक्रममा बोल्दै उहाले भूकम्प पछि जोखिम बनेको पहाडी क्षेत्रका मानिसलाई बर्षा अघि नै स्थानानान्तर गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो । यस विपत्तिमा परेका नेपालीलाई सघाउन अन्तराष्ट्रिय समूदायले खेलेको भूमिकालाई सरकारले अनुगमन गरेर काम गर्न दिनु पर्ने तर रोक्न नहुने बिचार व्यक्त गर्नु भयो । अध्यक्ष रोकायले भन्नुभयो, “विपत्तिमा परेर बिचलित बनेका जनतामाथि अघिपछि जस्तै नेताहरुले राजनीतिक गर्न मिल्दैन” ।
धरहरालाई पहिल्यैको अवस्थामा ल्याइने भन्ने सन्दर्भमा उहाले धरहराको इतिहास र परिचय खुल्ने गरी पुरानै स्वरुप नबनाइकन त्यो स्थानमा कुनै नँया टावर बनाएर पर्यटकको लागि आकर्षक स्थल बनाउनु पर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा बोल्दै मंचका महासचिब डा. सुरेन्द्र केसीले भूकप्पपछि महाविपत्तिमा पनि सरकार नालायक रुपमा प्रस्तुत भएको कारण भग्नावशेषले पुरिएका थुप्रै मानिसहरुले ज्यान गुमाउन बाध्य भएको घटनाप्रति दुख व्यक्त गर्नु भयो । उहाले भन्नु भयो, “घरघित्र थिचिएर मलाई बचाउ भन्दै गुहार मागिरहेको अवस्थामा पनि सरकारले भएको स्रोत र साधन परिचालन गरेर उखद्दार गर्न सकेन ।” यस्तो संवेदनहिन सरकारको कुनै अरु आशा नभएको उहाको धारणा थियो ।
हिन्दू धर्म समाजका दामोदर गौतमले सरकार र यसका नेतृत्व तहमा बसेका व्यक्तिहरु नालायक भएपनि अरु जनताले तिनैका पछि लागेर समर्थन गर्न नहुने बताउनु भयो । उहाले भन्नु भयो, “राष्टलाई विपत्ति पर्दा र जनताको दुख र मर्कामा सक्रिय भूमिका खेलुन भनेर चुनेका नेताहरुले नै विपत्तिमा पनि राजनीत गरेर जनताका पीडालाई वेवास्ता गर्छन भने किन त्यस्तो राजनतीति गर्ने नेताहरुकाो पछि लाग्ने रु?”
बौद्धिक मंचका सचिवालय सदस्य ललन चौधरीले नेपालमा अब हुन लागेको प्राकृतिक र राजनीतिक खतराबाट नेपालीलाई जोगाउन बौद्धिक क्षेत्रका व्यक्तिहरुले विभिन्न माध्यमबाट नेपालीलाई सचेत गराउनु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले विपत्ति पर्दा सरकारले सक्रियता देखाउन नसकेको भन्दै निकै आलोचना गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु