लघुउद्यमका लागि अष्ट्रेलियाले ५४ करोड दिने

काठमाण्डौ,परराष्ट्र मामिला तथा व्यापारसम्बन्धी अस्ट्रेलियाली विभाग (डिएफएटी)ले भूकम्पबाट प्रभावित जिल्लामा लघुउद्यम तथा जीविकोपार्जन कार्यक्रम कार्यान्वयन गर्न रु ५४ करोड सहयोग गर्ने भएको छ ।

डिएफएटीले राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मार्फत उक्त कार्यक्रम कार्यान्वयन गर्न अनुदानस्वरुप उक्त रकम उपलब्ध गराएको हो ।
अनुदान सहयोगसम्बन्धी सम्झौतामा बुधवार राजाधानीमा आयोजित एक कार्यक्रममा डिएफएटीका तर्फबाट यहाँस्थित अष्ट्रेलियाली दूतावासका नियोग उपप्रमुख क्याथयिरन गील र युएनडिपीका देशीय निर्देशक रिनुड मायरले हस्ताक्षर गर्नुभयो ।
उद्योग मन्त्रालयसँगको सहकार्यमा कार्यान्वयन हुने उक्त कार्यक्रमले भूकम्पबाट अतिप्रभावित जिल्लाको स्थानीय अर्थतन्त्र पुनः स्थापनामा केन्द्रित हुने युएनडिपीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु