काँग्रेसको साताव्यापी सम्पदा सरसफाइ कार्यक्रम

जेठ २१ । भक्तपुर, नेपाली काँग्रेस भक्तपुरले भूकम्पले क्षति पुगेका सम्पदाको साताव्यापी सरसफाइ एवम् संरक्षण अभियान आजदेखि सुरु गरेको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको सरसफाइ गरी काँग्रेसले जिल्लाव्यापी सम्पदा सरसफाइको सुरुआत गरेको काँग्रेस भक्तपुर सभापति गणेशमान चक्रधरले जानकारी दिनुभयो ।

काँग्रेस र नेपाल महिला सङ्घले संयुक्त रुपमा आयोजना गरेको सो अभियान अन्तर्गत चाँगुनारायणसँगै डोलेश्वर महादेव मन्दिरलगायत विभिन्न सम्पदाको सरसफाइ एवम् संरक्षणका लागि काम गरिने छ ।

अभियानमा जिल्लाभरका सङ्घमा आबद्ध महिलाको उल्लेख्य सहभागिता रहेको महिला सङ्घ भक्तपुरका सभापति सरु बानियाँले जानकारी दिनुभयो । छरपष्ट रुपमा रहेका इँटालाई व्यवस्थित गर्ने, सरसफाइ गर्ने र सम्पदाको संरक्षणका लागि टेको लगाउनेदेखि आवश्यक कार्य गरिने बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु