कांग्रेस र एमाले ६ प्रदेशमै

जेठ २१ । काठमाडौँ, सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमालेले छ प्रदेश निर्माणको प्रस्ताव प्रमुख चार दलको बैठकमा राख्ने समझदारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको दुई दलको बैठकले प्रदेशको सिमाङ्कन र नामाङ्कनपछि गर्ने गरी छ प्रदेश निर्माणको पक्षमा उभिएका हुन।

‘आयोगलाई सिमाङ्कन र प्रदेशसभालाई नाम राख्ने अधिकारसहित छ प्रदेश बनाउने दुई दलीय सहमति छ,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘आयोगले गरेको सिमाङ्कनलाई पछि अनुमोदन गरेर जानु पर्छ।’

दुई दलीय बैठकले प्रतिनिधि सभा (तल्लो सदन) र राष्ट्रिय सभा (माथिल्लो सदन)मा प्रत्यक्ष र्निवाचितहरुको बहुमत रहने गरी मिश्रीत निर्वाचन प्रणालीलाई स्वीकार गर्ने सहमति भएको छ।

प्रत्यक्षतर्फ ६० र समानुपतिक प्रणालीमा ४० प्रतिशत रहने गरी दलहरुबीच सहमति जुटी नसकेको नेताहरुले दाबी गरेका छन्। ‘यथास्थीतमा ६० र ४० भन्ने भएको छैन,’ उपसभापति पौडेलले भने, ‘दुबै सदनमा प्रत्यक्ष निर्वाचितहरुको बहुमत हुनेगरी सहमतिमा पुग्न सकिन्छ।’ समाचार आजको नागरिक दैनिकमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु