जनसम्पर्क समिति अमेरिकाले बनायो ४५ टहरा

जेठ १८। काठमाडौँ, नेपाली जनसम्पर्क समिति अमेरिकाको सक्रियतामा काठमाडौँका महाभुकम्प पीडितका लागि ४५ वटा अस्थायी घर टहरा निर्माण गरिएको छ । जनसम्पर्क समिति अमेरिकासँगै नर्थ फेस हेल्पिङ ह्याण्ड र क्यूनिना नेपालको सहयोगमा काठमाडौ क्षेत्र नम्बर ३ मा पर्ने ग्रामीण वस्तीहरुमा अस्थायी घर टहरा निर्माण गरिएको जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार निर्माण गरिएका घर टहरा विपत व्यवस्थापन समिति, नेपाली कांग्रेस क्षेत्र नम्बर तीनलाई हस्तान्तरण गरिएको छ ।

अस्थायी घर टहरा निर्माणका लागि क्यूनिना नेपालको तर्फबाट पुर्व सांसद पासाङ लामा शेर्पा तथा र क्यूनिना नेपालका क्याप्टेन निमा नोर्बु लामाको विशेष सहयोग रहेको नेपाली जनसम्पर्क समिति अमेरिकाले जनाएको छ । जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारीले एउटा नेपालीलाई दुख पर्दा अर्को नेपालीले सहयोग गर्नुको विकल्प नरहेको बताउँदै सबैले आ–आफनो ठाउँबाट महाभुकम्प पीडितलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले राजधानी बाहेक देशका विकट स्थानमा पुगेर समेत महाभुकम्प पीडितलाई सहयोग गरेको जानकारी दिँदै भण्डारीले आगामी दिनमा पनि थप सहयोग गरिने वचनवद्धता प्रकट गर्नुभयो । यसैबीच नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठले महाभुकम्प पीडित बालबालिकाको शिक्षादीक्षाका सामुदायिक विद्यालयहरुको स्तरउन्नोती गर्न आफु जस्तो सुकै सहयोग गर्न तयार रहेको जानकारी दिनु भएको छ । वैशाख १२ को महाभुकम्प लगत्तै नेपाल आएको नेपाली जनसम्पर्क समिति अमेरिकाको टोलीले राजधानी बाहेक काभ्रे, धादिङ, गोर्खा, लगायतका जिल्लाहरुमा पुगेर राहत वितरण कार्यलाई चुस्त बनाउँदै आएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु