५० वर्षपछि भवनको पुनः निर्माण गर्नु पर्ने भूगर्भशास्त्रीहरुको भनाई

काठमाडौँ,भूगर्भशास्त्रीहरुले घर निर्माण गरेको हरेक ५० वर्षमा भवनको पुनःनिर्माण गर्न सल्लाह दिएका छन् ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानले आज आयोजना गरेको भूकम्पको त्रास र चेतना विषयक छलफल कार्यक्रममा सो सल्लाह दिँदै उनीहरुले घर निर्माण गर्नुअघि भूगर्भशास्त्री तथा इन्जिनियरबाट माटोको परीक्षण गर्नुपर्ने, धाँजा फाटिएको जमिनमा घर बनाएमा भूकम्पको प्रभाव ज्यादा हुने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा भूगर्भविद् डा तारानाथ भट्टराईले नेपालमा धाँजा फाटिएका ठाउँ धेरै भएको र त्यस्तो ठाउँमा घर बनाउँदा घरहरु निकै हल्लिने बताउनुभयो ।
सहरी विकास योजनाकार इन्जिनियर डा सुनिलबाबु श्रेष्ठले राज्यले नै भूकम्पसम्बन्धी अनुसन्धान गर्नुपर्ने औँल्याउँदै पश्चिमेली मुलुकमा माटोको परीक्षण गरेरमात्र घर बनाउने गरिएको जानकारी दिनुभयो ।
इन्जिनिएर विजयलाल न्याछयौँले नेपालमा इन्जिनियर डिजाइन गरी घर निर्माण गर्ने प्रवृत्ति एकदम कम रहेकाले पनि भूकम्पबाट बढी क्षति भएको भन्दै भूकम्प प्रतिरोधात्मक संरचनाको र साढे दुई तलाभन्दा ज्यादा नभएको घर बढी सुरक्षित हुने बताउनुभयो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले विश्वका दुई तिहाइ जमिन भूकम्पका कारण जोखिम रहेको र एक तिहाइमात्र कम जोखिम भएको उल्लेख गर्नुभयो ।
विश्वमा सबैभन्दा ठूलो भूकम्प चिलीमा ९.५ रिक्टर स्केलको भूकम्प गएको र इन्डोनेसिया, जापान तथा अलास्कामा नौ रिक्टरभन्दा ठूलो भूकम्प गएको रेकर्ड रहेको जानकारी उहाँले दिनुभयो । रासस

Comments

comments

सम्बन्धित शिर्षकहरु