विकलांग निक बने संसारभरका मानिसका लागि प्रेरणाको स्रोत

nick_vujicic 1अस्ट्रेलियाको मेलबर्नमा जन्मनु भएका निक भुजिकिकको दुवै हात र दुवै खुट्टा छैनन ।दुई संस्थाका प्रमुख निकले हात र खुट्टा भएर पनि केही गर्न नसकेकाहरुलाई चुनौति दिनु भएको छ । ३१ वर्षीय निक जन्मैदेखि अपाङ्गगता भएपनि उहासँग हौसलाको कुनै कमी छैन।संसारभर मोटिभेशनल स्पीकरका रुपमा चर्चित निकको जीवन कहानी उदाहरण बनेको छ । उहाले लाखौं मानिसलाई जीवनमा अघि बढ्न प्रेरणा दिने गर्नु हुन्छ । दश वर्षकै उमेरमा निकले आत्महत्याको प्रयास समेत गर्नु भएको थियो । तर पनि निकले सफलताको प्रेरणापुञ्ज खोजी गरेरै छाड्नु भयो, जो आम मानिसहरुमा दुर्लभ छ । जन्मैदेखि दुवै हात र खुट्टा नभएका यस्ता बालकको जन्म भएपछि आमाबाबु मात्र होइन, डाक्टरहरु पनि आश्चर्यमा परेका थिए ।निकले अस्ट्रेलियन संचार माध्यमसँग कुरा गर्दै भन्नु भयो,”पछि मात्र थाहा भयो कि निक टेट्रा–एमेलिया सिन्ड्रोम नामको एउटा दुर्लभ प्रकारको जन्मजात विरामीको शिकार बनेको रहेछु ।”दैनिक कामकाजका लागि सबै कठिनाइ भएपनि बायाँतर्फ सानो खुट्टा भएका कारणले उहालाई बस्न र सन्तुलनमा रहन सहयोग पुग्यो । ब्रश गर्न देखि शौचालय जानसम्म समस्या हुँदासम्म पनि

निक सधैं हौसलाका साथ यो सबै समस्यासँग लडिरहनु भयो ।यतिबेला निक सामान्य मानिस जस्तै टाइप गर्न सक्नुहुन्छ ।nick_vujicic-3

बललाई किक हान्न,दैनिक रुपमा पौडी खेल्न सक्नु हुन्छ । उहाले पानीको सतहमा सर्फिङ्ग गर्ने र स्काई डाइभिङ गरेर रोमाञ्चक रमाइलो पनि लिनुहुन्छ ।निक भन्नुहुन्छ, “पौडी खेल्दा मलाई नयाँ उत्साह प्राप्त हुने गर्दछ ।” तर यो सब यति सहज भने थिएन । मेलबर्नको एक स्कुलमा पढ्दा सहपाठीहरु उहालाई हाँसोका पात्र बनाउँथे । यो सबै यति असहनीय भएकोले उहाले दश वर्षकै उमेरमा आत्महत्याको प्रयास गर्नु भएको थियो । यो समय डिप्रेसनमा डुब्नु भएका निकलाई १७ वषको उमेरमा उहाका हाइस्कुलका सफाई तथा राखनधरन इन्चार्चले उहालाई जीवन जिउने बारे प्रेरणा दिनु भयो । निकको उहासँग मित्रता थियो । स्कुलका इन्चार्जले दिएको प्रेरणा अनुसार निकको भविष्य परिवर्तन गरिदियो । उहाले सकारात्मक व्यवहार अपनाउन सुरु गर्नु भयो । त्यसयता करिब ५० मुलुकमा विगत १५ वर्षदेखि निकले हजारौ ब्याख्यान दिनु भएको थियो । उहाले आफ्नो अनुभवमा आधारित पुस्तक ‘मेमायर लभ विदाउट लिमिट्स’ पनि लेख्नु भएको छ । निक हाल लाइफ विदाउट लिंब्स र एटीच्युट इज एटीच्युड नामक दुई संस्थाका प्रमुख हुनुहुन्छ । यो संस्थाले संसारभर विकलांग व्यक्तिबीच आशा र भरोसा लगाउने काम गर्दछ ।विकलांग व्यक्तिका लागि निक एउटा आशाका किरण बन्नु भएको कह । निक भन्नुहुन्छ,”विकलांग व्यक्तिलाई व्हील चेयर दिने वा उनका लागि कुनै भवन बनाएर परिर्वत आउन सक्दैन,”उनीहरुलाई भरोसा दिनु आवश्यक छ कि तपार्य केही गर्न सक्नु हुन्छ । “अन्य मानिस आफ्नो सपना पूरा गर्न सक्छन् तब हामीले पनि कोशिस गर्नु आवश्यक छ।”निक भन्नुहुन्छ,म आफ्नो तर्फबाट पूरै कोशिस गर्छु, हामीले अवश्य कोशिस गर्नुपर्छ ।”

nick_vujicic-4निक विकलांग व्यक्तिहरुलाई कहिले पनि कोशिस गर्नदेखि नडराउनु भन्दै प्रेरणा दिनुहुन्छ, “असफलतादेखि डराउनु हुन्न र कुनै कुराका लागि हिच्किचाहट पनि गर्नु हुन्न, कुनै कुराका लागि लाज मान्न पनि हुन्न ।”
अहिले अमेरिकाको लस एञ्जल्समा बस्नु भएका निकका साथमा पत्नी केन र दुई वर्षका छोरा छन् । यही वर्ष उहा दोस्रो सन्तानका बाबु बन्दै हुनुहुन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु