संरचना पुनःनिर्माणका लागि पेट्रोलियम डिलर्सको १६ लाख सहयोग

वैशाख २७ ।काठमाडौँ,नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले भूकम्पबाट भएको धनजनको क्षति, भौतिक संरचनाको मर्मत तथा पुनःनिर्माणका लागि १६ लाख सहयोग गरेको छ ।एसोसिएसनले प्रधानमन्त्रीलाई रु १६ लाख २५ हजारको चेक शनिबार हस्तान्तरण गरेको हो ।

एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले भूकम्पपीडितकोे उद्वार, उपचार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आफूलगायत मुलुकभरिका पेट्रोलियम व्यवसायीको स्थानीय सदस्य संस्थाबाट रकम सङ्कलन गरिएको बताउनुभयो ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु