फिफा अध्यक्षमा पुन: ब्लाटर चयन

स्वीट्जरल्याण्ड, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको अध्यक्षमा पुन:सेप ब्लाटरलाई चयन गरिएको छ ।
स्वीटजरल्याण्डको जुरिचमा गएराती भएको चुनावमा १ सय ३३ मत ल्याएर ७९ वर्षिय ब्लाटर फेरि पनि फिफा अध्यक्षमा चुनिनु भएको हो ।ब्लाटर फिफामा यो समेत पाँचौ पटनिर्वचित हुनु भएको छ ।
फिफाको नयाँ अध्यक्ष चयनका लागि दुई सय ९ जना सदस्यले मतदान गरेका थिए ।मतगणनाको क्रममा ब्लाटरको पक्षमा दुई तिहाई मत आएपछि अध्यक्षका अर्का प्रत्यासी जोर्डनका राजकुमार अलि विन अल हुसेनले प्रतिस्पर्धाबाट हात झिकेको घोषणा गरेको बीबीसीले जनाएको छ ।
फिफाको वार्षिक सम्मेलनको क्रममा नयाँ अध्यक्ष चयन भएको हो । गएको बुधबार भ्रष्टाचारको आरोपमा फिफाका सात जना वरिष्ठ अधिकारी पक्राउ परेपछि चुनाव भएको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु