सगरमाथा दिवसमा सुनसान रह्यो खुम्बु

जेठ, १६ । काठमाडौँ, यस वर्षकोअन्तर्राष्ट्रिय सगरमाथा दिवसमा खुम्बु सुनसा रह्यो । महाभूकम्पपछि सगरमाथा प्रवेशद्धार खुम्बु क्षेत्र सुनसान बनेको छ ।

तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले प्रथम आरोहण गरेको दिनलाई सम्झेर मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइने गरिन्छ । उक्त अवसरमा सोलुखुम्बुको चौंरीखर्क, नाम्चे, खुम्जुङलगायत गाविसमा विभिन्न कार्यक्रम हुन्थ्यो ।

फ्रेन्डसीप युथ क्लब लुक्लाले वर्षेनी आरोहीलाई सम्मान, खुम्बुमा सरसफाई, खेलकुदलगायतको कार्यक्रम आयोजना गर्दै आएको थियो । ‘यसवर्ष पनि पूर्वाञ्चल स्तरीय फुटबल प्रतियोगिता गर्ने तयारी गरिएको थियो ।’

क्लबका अध्यक्ष नाम्गेल शेर्पाले भने, ‘तर यस्तो अवस्थामा खेलकुदको कुनै अर्थ नहुने भएपछि हामीले मंसिरका लागि कार्यक्रम सारेका छौँ ।’

लगातार दुई वर्षसम्म सगरमाथा आरोहण रद्द भएपनि गत साल दिवस मनाउने कार्यक्रम रोकिएको थिएन । सन् २००८ देखि मनाउन थालिएको सगरमाथा दिवस खुम्बुमा पहिलो पटक रोकिएको हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु