राष्ट्रिय सहमतिको सरकार बनाउन यस्तो छ प्रचन्डको शर्त

जेठ १५। काठमाडौं, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रिय सरकार बनाउने हो भने सहमतिद्वारा संविधान निर्माण हुनुपर्ने शर्त राख्नु भएको छ । राजाधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले मन्त्रिमण्डल विस्तारले मात्रै समस्या समाधान नहुने दावी गर्नु भयो । उहाले चर्चामा आएको राष्ट्रिय सहमतिको सरकारको गठन भन्दा संविधानमा सहमतिको सुनिश्चिततासहित राष्ट्रिय शक्ति एक ठाउँमा जाने कुरा आवश्यक रहेको बताउनु भायो । भूकम्पको महाविपत्तिपछि राष्ट्रिय एकताको खाँचो रहेको बताउँदै अध्यक्ष प्रचण्डले अब बन्ने राष्ट्रिय सरकारलाई संविधान निर्माणको र भूकम्पद्वारा सिर्जित परिस्थितिको सामना गर्ने दुईवटा कार्यभार रहेको बताउनु भयो ।

अहिले राष्ट्रिय एकता र मजबुत इच्छाशक्तिसहित अगाडि बढ्ने हो भने भूकम्पद्वारा पैदा भएको चुनौतिलाई नवनिर्माणको अभियानद्वारा मुकाबिला गर्न सकिने उहाको भनाई रहेको छ । एमाओवादी अध्यक्ष प्रचण्डले विदेशीको मात्रै मुख ताक्ने र मागेर खाने बन्न नहुने बताउनु भयो । प्रचण्डले भन्नु भयो, “विदेशीको मात्रै मुख ताक्ने र अरुसँग मात्रै मागेर खानेका रुपमा हामी परिणत हुनुछैन, हामीले आफ्नो खुट्टामा उभिएपछि हाम्रा छिमेकी मित्रराष्ट्रहरुको सहयोगलाई हाम्रो आफनो प्राथमिकतामा स्वीकार गर्छौं र धन्यवाद पनि दिन्छौं ।”
यसैबीच नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा एमाओवादी अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा भोजपुरको ट्याम्के डाँडामा बनाउन लागिएको ‘किरात गणतन्त्र टावर’ को बजेट अभियान प्रतिनिधि घोषणा गरिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु