भक्तपुरका भूकम्पपीडितलाई उचित व्यवस्था गर्नुपर्छ: अध्यक्ष दाहाल

जेठ १४ ।काठमाडौँ, एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले सरकारले भक्तपुरका भूकम्प पीडितलाई उचित राहत र बासको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

आज भक्तपुरको भूकम्पले क्षति पु¥याएका क्षेत्रको अवलोकन गर्दै उहाँले भक्तपुरका भूकम्प पीडितलाई व्यवस्थित गर्न नसकेको गुनासो गर्दै यसबारेमा सरकारसँग कुरा गर्ने उल्लेख गर्नु भयो ।

उहाँले भक्तपुरको च्यामासिंहदेखि सूर्यमढी, जेला, गोल्मढी, दत्तात्रय, सुकुलढोका हुँदै दरबार क्षेत्रसम्म भूकम्पले क्षति पुगेको घर तथा ऐतिहासिक सम्पदाको अवलोकन गर्नुभएको थियो ।

अध्यक्ष दाहाललाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले भूकम्पले पु¥याएको क्षति र भूकम्प पीडित सर्वसाधारणको अवस्था, राहत वितरण, पुनःर्वासलगायतका विषयमा जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु