भूकम्पबाट हाल सम्म आठ हजार ६५९ को मृत्यु

काठमाडौँ, भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार ६५९ पुगेको छ ।

गृह मन्त्रालयले उपलब्ध गराएको पछिल्लो जानकारीअनुसार मृतकमध्ये महिला चार हजार ७७१ र पुरुष तीन हजार ८८७ छन् । तीमध्ये एक जनाको पहिचान खुलेको छैन हालसम्म घाइते हुनेमा २१ हजार ९५२ छन् ।
यही वैशाख १२, १३ र २९ गतेका भूकम्प र त्यसपछिका पराकम्पनले सर्वसाधारणका पाँच लाख ७१७ घर पूर्ण र दुई लाख ६९ हजार १९० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु