तिल जत्रो आनन्द लिन पहाड जत्रो दु:ख

सुख सूत्र  !-१

भीमसेन सापकोटा,

-संसारका सारा जीवहरूको एउटै साझा खोज । सुख ! त्यहि दुई शब्दको खोजले कतिलाई कष्ट दियो । कतिलाई महाविपत्ती र कति परे  इहलीलामा  । माछाहरू स्वाद सुखका लागि बल्छि मा फस्छन्। पुतलिहरू द्रिस्टी सुखका  लागि वत्तिको ज्वालामा जीवन सकाउंछन्। मानिसहरू इन्द्रिय सुख को लालचमा तिल जत्रो आनन्द लिन्छन् अनि पहाड जत्रो दु:ख बेसाउंछन्, यातनाको शिकार बन्छन् , विपतको भागि दार, कैदि र मृत्‍यु समेतको सामना गर्न विवस हुन्छन् ।

महाकवि देवकोटाको भनाइमा सुख :

 “खोज्छन् सबै सुख भनी

सुख त्यो कहाँ छ ?

आफु मिटाइ अरूलाई

दिनु जहाँ छ ।”भौतिक सम्पन्नताले मानिसलाई अत्यधिक धनवान बनायो तर मानिस जीवनको कठोर सत्य बुझ्न नसक्दा धनको धनी बनेर पनि सुखको कङ्गाल बनिरह्यो। अरूलाई दिनुमा र त्यागमा  जति सुख हुन्छ त्यो अरूमा छैन भन्ने देवकोटाको बुझाईमा जीवनको गहिरो सत्य लुकेको छ । यसो त ईशावास्योपनिषद्को प्रथम श्लोकमा भनिएको छ

“’तेन त्यक्तेन भुङ्जीथा मा गृध:कस्यस्विद्नम्  ।“

” इश्वरले दिएकोमा भोग गर , कसैको मा लोभ नगर। मान्छे जतिखेर आफुलाई अरुमाझ तुलना गर्छ , उ दु:खि भईहाल्छ। संसारको रचना नै यस्तो छ कि , हरेक मानिस एक छुट्टै ब्रम्ह हो । आ- आँफैंमा उ फरक छ , अनुहार फरक भए जस्तै , उसको भाग्य , जीवन र कर्म पनि। एउटै कोख बाट एकै समयमा जन्मिएका जुम्ल्याहा हरूको समेत जीवन फरक- फरक हुन्छ भने , अरू सँग आफ्नो जीवन मेल हुने कुरै आउंदैन । त्यसैले तुलनाको अन्त्य नै सुख प्रप्ति हो । सुखका सामग्री बटुल्दा बटुल्दै जिन्दगी बित्छ तर सुख मिल्दैन । शान्तिरसुखकोप्रक्रियालाईनबुझेकोकारणमान्छेअशान्तहुन्छकिनभनेमान्छेलेसंसारचिन्नबुझ्नखोजेतापनिआफूलाईचिन्न-बुझ्नखोज्दैनरतशान्तिकोसम्पूर्णस्रोतस्वयंहोभन्नेकुरोउसलाईथाहाभएकोदेखिँदैन।त्यसकारणऊबाहिरैभड्किरहन्छ। बुद्दको परिभाषामा ‘इच्छा नै दु:ख को कारण  हो । आवश्यकता सजिलै पुरा हुन्छ तर इच्छाले दु:ख लाई निम्ता दीईरहन्छ । जसरी नि पेट भर्नु शरीरको आवश्यकत हो तर तारे होटलमा गएर महङ्गो रात्री भोज मार्फत पेट भर्न खोज्नु स्वाद र इन्द्रिय को  इच्छा र लोभ  हो । महात्मा गान्धि भन्नु हुन्छ ‘धर्ती माताले संसारको सबैका आवश्यकता पुरा गर्ने सामर्थ्य राख्छिन् तर एउटै लोभि को लोभमा भने हार खान्छिन्। ‘

मनोवैज्ञानिक सिग्मण्ड फ्रायडले ‘ भनेका छन् मानिसहरू आनन्द र सुखकै लागि बांच्छ’ तर उनले यो सुखको केन्द्रमा यौनलाई राखेका छन्। तर यौन आवश्यकता भए पनि सुखको किनारा  भने  हैन । दार्शनिक  एडलर ले मानिस ‘शक्त्तिमा बांच्छ र  त्यहि सुख हो । तर विश्व विख्यात पुस्तक का लेखक भिक्टर फ्राङ्कलन ले पेश गरे मान्छे यौनमा र शक्तिमा सुखि हैन जीवनको  अर्थमा सुखि हुन्छ ।  फ्राङ्कलनले भनेका कुरामा  झैं जब आ-फ्ना स-साना उपलब्धिमा मानिस अर्थ देख्छ तव उ खुशि रहन्छ। जीवनको उपलब्धीमा अर्थ नदेख्नेहरू अग्ला महलका धनी भएर पनि हतास र दु:खि हुंदै आत्महत्या गर्न पुग्छ। सन्त कवीर ठान्छन् मानिसहरू झुठो सुखलाई सुख ठान्छन् र मृत्‍युको मुखमा पुग्छन् । वास्तवमा अनन्त सुख आत्म भित्रै छ :—

‘झूठे सुख को सुख कहे, मानत है मन मोद.                                                                                                

खलक चबैना काल का, कुछ मुंह में कुछ गोद।।

सुख प्राप्तिका लागि नीति शास्त्र उपदेश दिन्छ हरेक दु:खमा तिमी एउटा सूत्रलाई याद राख त्यो हो ‘यो पनि टरेर जान्छ ‘। श्रीमद्भागवत गीता मा उल्लेख छ संसारका दु:खका कारण हुन्- जन्म ,मृत्‍यु , जरा, व्याधी । यी सबै दु:ख मेटाउने एउटै उपाय हो तत्व बोध र अनित्यताको महशुष। चाहे महाभुकम्प  र महा प्रलय होस वा , रोग वा भय नै । यस्तो दु:ख निवारणमा शास्त्रको सहारा लिनु लाभदायक हुन्छ । सबै दु:खलाई अनित्य सम्झौं , हरेक 1173605_401115003322565_769956516_nविपद एक समय पछि टरेर जान्छ। हिजो को घटना आज रहंदैन र आजको भोलि।  तसर्थ परिवर्तित समाजका  सबै कुरा पारीवर्तनशिल  छन् ।  हरेक दु:खलाई समयले परिवर्तन गराउंछ । मात्र खांचो छ त, धैर्यता को !

Comments

comments

सम्बन्धित शिर्षकहरु