सिन्धुपाल्चोकको दुर्गम वस्तिहरूमा सरकारी उपस्थिती शुन्य , लाश उठ्न सकेन

सिन्धुपाल्चोक। देश विदेशको ध्यान राजधानी केन्द्रित भईरहेको बेला राजधानी नजिकको जिल्ला सिन्धुपाल्चोक मा भने धेरै वस्तीहरू सरकार विहिन बन्न पुगेको छ ।sindhu 5 लाश उठाउन सक्ने अवस्था छैन , विरामिहरू खेत वारीमा उपचारको खोजिमा रोईरहेका छन्। असनेपालन्युज सँवाददाता नेत्र पण्डित को स्थलगत जानकारी अनुसार जिल्लाको इचोक गा वि समा हाल सम्म कुनै पनि सरकारि निकाय पुग्न सकेको छैन नत कुनै संस्था नै । sindhu3गोरे गाउं मा मात्र हाल १७ जना को लाश भेटिएको छ ।
gore1 gore2 लाश उठाउने कोहि छैन , गाई वस्तुहरू गोठमा मरेर कुहिएको गन्ध गांउ भरि फैलिएको छ । इचोक गाविसमा २ सय र पुरै सिन्धुपाल्चोक जिल्लामा हाल सम्म एक हजारको सन्ख्यामा लाश फेला पारेको जिल्ला प्रशासन सि पा ले जनाएको छ ।
घरमा भएको सबै अन्न पुरिएको र पसल बन्द भएका कारण अब को २ दिन सम्म पनि खाद्द्यान पुग्न नसके भोकमरिको हाहाकार हुन सक्ने गोरे भिरकुनाका तिर्थ पण्डित असनेपालन्युजलाई बताउनु हुन्छ । उता महाङ्काल गविसमा पनि यस्तै अनिकालले सताउन थालेको छ । चनौटे बजारको पसलहरूमा कहिल्यै नदेखेका मानिसहरूले चोरि गर्न आएको भेटिएको गाउंवासिहरू बताउछन्। यस्तै हरेक गांउमा वांस चित्राको छाप्रो हालेर बारीका पाटाहरूमा मानिसहरू रात विताउन वध्य छन्। मेलम्चि बजार पुरै ध्वस्त भएको छ भने बासवारी गाविस का पिपल चौर , ढकालथोक , नेपालथोक ,तिनघरे, सिन्धु , भोटेचौर ,बार्‍हविसे लगायत अधिकांश स्थानमा घर भात्किएका छन्। बत्ती , मोबाइल टेलेफोन नहुंदा जिल्ला वस्तिका खवर बाहिर आउन सकेको छैन । जिल्लाको दुर्गाम स्थान गोरे महाङ्काल , वाइसवारी गाविस मा सहयोग दिन चाहने दाता हरूले तत्काल नेत्र पण्डितलाई ९८४१-३४५२०० मा संपर्क गर्न अनुरोध गरिएको छ ।sindhu 6

सिन्धुपाल्चोकमा ज्यान गुमाऊनेको संख्या १००० को हाराहारीमा….।
१,बाह्रविसे मा  घर  ध्वस्त —— मृत्यु ।
२,कोदारी, तातोपानीलगायतको क्षेत्रको स्थीती निकै गम्भिर
३,तिस्ती गविस मर्ने को संख्या ५० माथी
४, जलविरे क्षेत्रमा पहीरो को मारामारी कयौं हताहत
५,बरुवा, भोताँग गाविस पुर्ण रुपले ध्वस्त
६,अरनिको राजमार्ग पहीरोको कारण अवरुद्द

45 total views, 4 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु