संविधानसभाको बैठक एक सातासम्मको लागि स्थगित

काठमाडौ,संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गले संविधानसभाको बैठकलाई पनि कार्यसूचिमा प्रवेश नै नगराई एक साताको लागि स्थागित गर्नु भएको छ । संविधानका विवादित अन्र्तबस्तुहरुमा सहमति जुटाउनको लागि समय दिएको भन्दै उहाले बिहीबार बसेको बैठक स्थगित गर्नु भएको हो । यस अघि पनि संविधानसभाको बैठक पटक पटक स्थागित हुँदै आएको छ ।

बैठकमा सभामुख नेम्वाङ्गले आफूले दलीय सहमतिको लागि संविधानसभाको बेठक स्थागित गरेको जानकारी दिँदै आगामि बैठकसम्म दलहरुले सहमति गरेर साझा धारणा लिएर नआए आफूले प्रश्नावली समितिले तयार पारेको प्रश्नावलीको प्रक्रियालाई अगाडि बढाउने चेतावनी दिनु भयो ।सभामुखले आगामि बैशाख १७ गते अपरान्ह ३ बजेको लागि बैठक बोलाउनु भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु