राजतन्त्र पुनर्स्थापनाको लागि राजावादीले आन्दोलन गर्ने

Rajabadiवैशाख १० । काठमाडौं,राजावादीहरुले राजतन्त्र पुनःस्थापना गराउन आफुहरु आन्दोलनमा उत्रने घोषणा गरेका छन ।
राजसंस्थावादी वृहत्त समूहले बिहीबार राजाधानीमा पत्रकार सम्मेलन गरी राजसंस्था विहिन संविधानसभाविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । तत्कालिन राजा ज्ञानेन्द्रले २०६३ साल वैशाख ११ गते प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा गर्नुअघि सात राजनीतिक दल र राजाबीच सहमति भएको दावी गर्दै समूहले कार्यान्वयन गर्न माग गरेको छ ।
उनीहरुले राजसंस्थावादी वृहत्त संविधानसभाविरुद्ध आन्दोलनको कार्यक्रम पनि घोषणा गरेको छ । घोषित कार्यक्रममा भित्ते लेखन र कोणसभा, सबै जिल्ला प्रशासन कार्यालयहरुमा घेराउ र जेठ १३ गते बृहत्त र्‍याली र आमसभा गर्ने छन् ।

कार्यक्रममा पूर्व मन्त्री दिनबन्धु अर्यालले हिन्दु राष्ट्र र राजसस्था विनाको संविधान कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै यसको विरुद्दमा बहुसंख्यक नेपाली जनता आन्दोलनमा उत्रने बताउनु भयो ।
पत्रकार सम्मेलनमा समूहका संयोजक किशोरी महतोले राजासँग दलहरुले गरेको सम्झौता पालनामा दलहरु इमान्दार हुनु पर्ने धारणा राख्नु भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु