अन्तत: दक्षिणी गोलार्धको ठूलो वौद्द शिक्षालयले बुद्दको जन्मस्थल नेपालनै भएको सच्यायो

sn-image-1369-Buddha-Jayanti-tempe.JPG.770x435_q85_crop nan_tien_temple_accommodationअजेय शर्मा , सिड्नी ।
अस्ट्रेलियाको एक बुद्द शिक्षा प्रशिक्षण केन्द्र अन्तत: बुद्दको जन्म स्थल सच्याएर नेपालको लुम्बिनी लेख्न सहमत भएको छ। यस अघि नन्टियान नामको सो सँस्था ले बुद्दको जन्मस्थल नेपाल नलेखि भारत उल्लेख गर्दै सोहि अनुसार प्रचार प्रसार र प्रशिक्ष्यण गर्दै आएको थियो ।

अस्ट्रेलियास्थित नेपाली पत्रकार टोली , कलाकार र बुद्द द्र्शन समिति तथा लुम्बिनि कपिलवस्तु दिवस अभियान को संयुक्त्त टोलिले पटक -पटक लिखित अनुरोध , डेलिकेश र आवाज उठाउंदै गएपछि उनिहरूले सो सत्यलाई आत्मसाथ गरेका हुन्। अस्ट्रेलियाको नान्टियान टेम्पल ले यस अघि आफ्ना सबै प्रकाशन , लेख , होर्डिन्ङ बोर्डमा बुद्दको जन्मस्थल गलत लेख्दै आएको थियो । वारम्वार सच्याउन अनुरोध गर्दा पनि नमाने पछि उक्त नेपाली टोलिले गत वर्ष देखि सो पहल गरेको थियो । बुद्द बारे गलत अवधारणा ले गलत तत्व ले फाईदा उठाउने अवस्था थियो तर हामी यो सच्याअन सफल भयौ , यस्तो क्रम संसार भरिका नेपालीले पनि आ-आफ्ना स्थान बाट गर्नु पर्छ ‘ अभियानका अस्ट्रेलिया सँयोजक निमा शेर्पा असनेपालन्युजलाई बताउनुहुन्छ । अब देखि उनिहरूको सबै प्रकाशनमा यो सत्य उजागर हुने सो संस्थाले जनाएको छ । गत वर्ष पत्रकार तथा लेखक भीमसेन सापकोटा समेतको समन्वयमा , अभियान का अध्यक्ष निमा शेर्पा , उपाध्यक्ष्य सुदिप गौचन , मिस नेपाल अस्ट्रेलिया ऋचा धित्ताल , चिनारी नेपालका तर्फ बाट गंगा नेमकुल , समुदायका प्रनीधिहरू विनोद पौडेल ,नविन राना , नेपाल बाट आउनु भएका अभिभावक राम प्रसाद सन्जेल, लगायतको टोलिले उक्त केन्द्रको प्रशासनलाई भेटि बुद्द को जनमस्थल को सत्यता वारे युनेस्को तथा अन्य प्रमाणहरू पेश गरेको थियो। नान्टियान गुम्वा दक्षिणी गोलार्धको सबै भन्दा ठुलो वौद्द गुम्वा तथा शिक्षालय को रूपमा चिनिन्छ। यो अभियानलाई अस्ट्रेलियाको सबैतिर सन्चालन गर्ने शेर्पा बताउंछ्न्। यसो त अभीयानको पहलमा वेलायतको सङ्ग्रहालयमा समेत बुद्दको जन्मस्थल नेपालको लुम्विनि सच्याउन लागाइएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु