काँग्रेस र एमाले सहमतिको पक्षमा छैन :अध्यक्ष दाहाल

Prachandaवैशाख ५ ।रुपन्देही,एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेस र एमाले नेतृत्वको सरकार सहमति गर्न नलागेर विमति गर्न उद्दत भएको आरोप लगाउनु भएको छ ।उहाले उनीहरु सत्ता टिकाउने खेलमा लागेका कारण समयमै संविधान जारी हुन नसकेको बताउनुभएको छ।

आज बिहान गौतमबुद्ध विमानस्थल भैरहवामा क्रान्तिकारी पत्रकार सङ्घ रुपन्देहीद्वारा आयोजित पत्रकार सम्मेलनमा ३० दलीय मोर्चाका संयोजक दाहालले मोर्चामा देखिएको खटपट सामान्य भएको जनाउँदै केही दिनमा त्यसको समाधान हुने बताउनुभयो । उहाँले विपक्षी मोर्चा सहमतिमा संविधान जारी गर्ने सोचमा रहेकाले सरकार र बाहिर बसेका सम्पूर्ण दल एकजुट हुनुपर्ने धारणा व्यक्त्त गर्नु भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु