भैरवको रथ तान्दा घाइते हुनेहरु उपचार सकेर घर फर्के

bisket-jatraचैत २८ ।भक्तपुर,भक्त्तपुरमा मनाइने बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् ।भक्तपुर अस्पतालमा उपचार गरेर उनीहरू घर फर्किएको प्रहरीले जनाएको छ । नयाँवर्षको आगमनसँगै भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने बिस्केट जात्राको रथ शनिबार विहान गःहिटी ल्याइएको छ । शुक्रबार साँझ ६ बजे पाँचतले मन्दिर अगाडिबाट तान्न सुरु भएको रथ शनिबार बिहान प्रहरीले गःहिटी ल्याएको हो ।तौमढीको तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले रथलाई आ-आफ्नो क्षेत्रमा तानेर लैजाने गर्छन् ।
रथ तानेर साकोथा पुगेपछि ढुंगा हानाहान भएकामा प्रहरीकै सक्रियतामा स्थितिलाई नियन्त्रणमा लिएर पुनः रथ तान्न सुरु गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताउनु भयो । जात्राको पहिलो दिन तानेको रथलाई गःहिटीमै पुर्‍याउनुपर्ने परम्परा छ ।
तान्त्रिक विधिअनुसार चल्ने ऐतिहासिक एवम् सांस्कृतिक महत्वको बिस्केट जात्रा नेपाल संवत् २६८ अर्थात् लिच्छविकालभन्दा अगाडिदेखि मनाइँदै आएको र मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु